रवि लामिछानेले सगरमाथाको अपमान गर्ने- सुधिर चौधरीको गर्न खोजे डिएनए टेष्ट, यस्तो आयो नतिजा

२० माघ २०७७, मंगलवार ११:५१

 भारतीय न्यूज च्यानल जी न्यूजबाट सुधिर चौधरीले लगातार नेपाल र नेपालीबारे अपमानजनक कार्यक्रमहरु प्रशारण गरिरहेका छन् ।

तिनै पत्रकार चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिन नेपाल आए र लगत्तै सगरमाथा पुगेर यसको नाम नै परिवर्तन गर्ने प्रस्ताव गरे ।

तिनै सुधिर चौधरीको नेपालका पत्रकार रवि लामिछानेले डिएनए टेष्ट गर्न खोजेको बताएका छन् । पत्रकार लामिछाने ट्वीटरमा लेख्छन्, ‘आज सुधीर चौधरीको डिएनए टेष्ट गर्ने प्रयास गरेको त बेपत्ता पो भए ।

अतिथिले आफुलाई सोध्ने प्रश्न पहिले नै माग्दैनन् तर सुधीरले मसँग उनलाई सोधिने प्रश्नहरु मागे । पत्रकार भएर प्रश्न माग्ने भन्दा आलटाले जवाफ दिए र पुर्व निर्धारित समयमा न फोन उठाए न म्यासेजको जवाफ दिए ।’

लामिछानेको उक्त ट्वीटमा फरक प्रतिक्रिया आएक छन् । एक ट्वीटर प्रयोगकर्ता महेश श्रेष्ठ लेख्छन्, राम्रो नतिजा आवेसले होईन, विवेकले दिन्छ । अरु लाई दोष किनरु गल्ति हामी मै छ, कमजोर हामी नै छौं ।

कोठा चिटिक्क सफा राख्नुस अनि हेर्नुस कस्को बाउको मजाल कि जुत्ता लाएर भित्र छिरोस् । कोठा राख्नु हुन्छ फोहर, धुलै धुलो अनि जुत्ता लाएर आउने लाई रीस देखाएर कस्तो समाधान गर्ने तरीका हो यो?

अर्का ट्वीटर प्रयोगकर्ता सुजन पण्डीतले लेखेका छन्, अलि बढी नै खोकिएन र भन्या? अन्तर्वार्ता अघि संभावित प्रश्नका बारेमा जानकारी लिने चलन छ। तपाईं सेलिब्रेटी पर्नु भो, कसैले सुटुक्क नभनेकाले थाहा भएन होला ।

फेरि यति लेखे बापत हनुमान र अरिङ्गालको पगरी पक्कै पाइएला? टुँडिखेलतिर लगेर घुमाएर नाकको डाँडी भा च्ने विचार त छैन होला नि?