रक्तचन्दन तस्कर नै सुन तस्करीमा

२३ भाद्र २०७४, शुक्रबार ०३:००

भदौ २३, काठमाडौं । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिय देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंमा ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिक नै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भारत पुर्याउन नेपाली नागरिक संलग्न रहेको प्रहरी स्रोतले जानकारी दियो ।

 

२०६२–६३ को जनआन्दोलनसँगै भारतमा रहेको रक्तचन्दन चीनको तिब्बत पुर्याउन नेपालको स्थलमार्गको प्रयोग बढेको थियो । अहिले त्यही समूह सुन तस्करमिा लागेको नागरिक दैनिकमा खबर छ ।