यो वर्ष उपभोक्ताले किन मन पराएनन् महंगा स्मार्टफोन ?

१४ पुष २०७३, बिहीबार ०८:५७

तर स्मार्टफोनको दुनियाँका लागि सन् २०१६ यदी स्मरणीय बन्यो भने सामसुंगको ग्यालेक्सी नोट सेभेनको ब्याट्रीको समस्या कारण बन्यो, जसले विश्वभर एक नयाँ समस्या खडा गरिदियो ।

गिजबटका अनुसार कुनै स्मार्टफोनको हार्डवेयरमा समस्या आयो भने कसैको सफ्टवेयरमा समग्रमा यो वर्ष धेरै स्मार्टफोन निर्माता कम्पनीमा हो ।

सामसुंगको ग्यालेक्सी नोट सेभेनलाई विश्वमा ठूलो धुमधामसँग लन्च गरिएको थियो । जब उसका स्मार्टफोन एकपछि अर्को गर्दै खराब ब्याट्रीका कारण पडि्कन थाले तब दुनियाँको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीका लागि टाउको दुखाई बन्यो ।

त्यसपछि सुरु भयो मानिसहरुले स्मार्टफोन फिर्ता गर्ने सिलसिला । तर धेरै दिनसम्म फोन पडि्कने समाचारले सामसुंगको विज्ञापन बजारको हावा खुस्काइदियो । स्थिति यतिसम्म बिगि्रयो की, कैयौँ देशहरुमा हवाइ जहाजमा ग्यालेक्सी नोट सेभेन समेत प्रतिबन्धित गरियो ।
कैयन दिनसम्म यस्ता खबरसँग जुधेसँगै सामसुंगले उपभोक्ताहरुले आफूले खरिद गरेका स्मार्टफोन कम्पनीमा फिर्ता गर्नसक्ने फैसला गर्‍यो ।

सामसुंगका अनुसार अमेरिकी बजारमा ९० प्रतिशत भन्दा धेरै उपभोक्ताले ग्यालेक्सी नोट सेभेन फिर्ता गरे । तर, अन्य देशहरुमा केही मानिससँग अझैप नि नोट सेभेन रहेको बताइन्छ ।