यू–१६ क्रिकेट समूह विजेताका रुपमा नेपालको स्थान सुरक्षित

२९ मंसिर २०७४, शुक्रबार ०१:५३

मंसिर २९, काठमाडौं । एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ ।

समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्पर्धी पाएको छ ।  त्यस्तै हङकङ र सिंगापुर पनि सेमीफाईनलमा प्रवेश गरेका छन् । सिंगापुर अर्को समूह विजेताका रुपमा सेमीफाइनलमा पुगेको हो भने नेपाल समूह ‘ए’को विजेता बन्दा हङकङ उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको हो ।
जारी प्रतियोगितामा नेपाललाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।

समूह चरणका सबै खेलमा नेपालले शानदार प्रदर्शन गर्दै समूह विजेताका रुपमा स्थान सुरक्षित गरेको हो ।