यु–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

१ मंसिर २०७४, शुक्रबार ०२:४८

मंसिर १, काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको किनरारा ओभलमा पहिले ब्याटिङ्ग गरिरहेको नेपालले कमजोर सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले चौथो विकेट गुमाएको छ ।  नेपालका रोहित कुमार पौडेल ४ रन बनाएर आउट भए । नेपालले १२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४३ रन बनाएको छ ।  यसअघि नेपालका कप्तान दिपेन्द्र सिहं ऐरी ६ तथा ओपनर आसिफ शेख शुन्य र जितेन्द्र सिंह १ रनमा बनाएर पेभेलियन फर्किए । अफगानिस्तान मुजिब उर रहमानले चार विकेट लिएका छन् ।

 

दुवै टोली आजको खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । दोस्रो सेमिफाइनलको बिजेताले आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।  नेपाल समूह ए को उपबिजेता बन्दै सेमिफाइनल पुगेको हो भने अफगानिस्तान समूह बी को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।