यतिले आफ्नो एटीआर ७२–५०० को सेवा थालनी

३० भाद्र २०७४, शुक्रबार १५:५१

काठमाडौं । यती एअरलाइन्सले ट्विन इञ्जिन एटीआर ७२–५०० सेवा थप विस्तारित गर्ने एमएसएन (म्यान फ्याक्चरिङ सिरियल नम्बर) ७४९ एटीआर जहाज विमानस्थलमा अवतरण गरेको छ ।

एटीआर ७२–५०० फ्रेञ्च–ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित भएको छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यु १२७ इञ्जिनले शक्ति प्रदान छ । एयर न्युजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर ७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हुन् ।

 

एटीआर ७२–५०० नोर्डिक एभिएसन क्यापिटल एनएसीवाट वित्तिय पट्टा अन्तर्गत खरिद गरिएको हो । ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो । एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गरुडा, फ्लाइबी, एचओपी लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, इटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका रुपमा रहेको छन् । एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३० ब्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्याश ८, सीआरजे ९००, सीआरजे १०००, सीएस ३००, ई १७०, ई १७५, ई १९० र ई १९५ पर्छन् । एटीआर र बमर्बािर्डयर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ । यतिले आफ्नो एटीआर ७२–५०० को सेवा थालनी विराटनगर र नेपालगञ्ज विमानस्थलबाट छ ।