म्यानचेस्टर सिटीद्वारा नापोली पराजित

१ कार्तिक २०७४, बुधबार ०६:१०

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटीले युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति समूह चरणको तेस्रो खेलमा इटालियन क्लब नापोलीलाई २ – १ ले पराजित गर्दै सिटीले लगातार तेस्रो जित हात पारेको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा ड्राईज मेर्टेन्सले पेनाल्टीमा गोल गर्न नसक्दा नापोली पराजित भएको हो । खेलको ३८ औं मिनेटमा उनले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएका थिए । त्यसअघि खेलको नवौं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा जेसस ग्राबियलले सिटीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ – ० ले पछि परेको नापोलीले दोस्रो हाफमा एक गोल फर्काएका थिए । खेलको ७३ औं मिनेटमा अमाडू डीवावाराले पेनाल्टीबाट एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
बम

जितसंगै समूह एफ मा रहेको सिटीले ३ खेलबाट ९ अंक जोडेको छ । सिटी लिगको शिर्ष स्थानमा छ । पराजित नापोली ३ अंक सहित तेस्रो स्थानमा छ । मंगलबार राति नै फियनरुडलाई २ – १ पराजित गर्दै युक्रेनी क्लब शख्तर डोनेटश्क ६ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ । फियनरुड अंकबिहिन रहेको छ ।