म्यादी प्रहरीमा भर्ना खुल्यो,असोज ३० गतेसम्म आवेदन दिन सकिने

२४ आश्विन २०७४, मंगलवार ०३:५९

असोज २४, काठमाडौं । सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ ।

 

मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो ।  सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने छन् । काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्ने विभागले जनाएको छ ।

 

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था छ ।