म्यादी प्रहरीको म्याद ७ पुस विदा हुदैँ

४ पुष २०७४, मंगलवार ०१:५९

पुस ४, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरी भर्ना गरेको थियो ।

निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाइ हुने भएको हो । ७ पुसमा ५५ दिन पुग्ने भएकाले त्यस दिन सम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरू र उपत्यका बाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालयबाट भर्ना गरिएको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मनोज न्यौपानेका अनुसार प्रहरी जवानले पाए सरहको तलब, भत्ता र सुविधा सहित म्यादी प्रहरी बिदा हुँदैछन् । म्यादी प्रहरीले ५५ दिन खटिए बापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् ।

त्यस्तै निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पाउनेछन् । म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्च स्वरूप १ हजार रुपैयाँ पनि उनीहरूले थप पाउनेछन् । राजधानीबाट