मेस्सी बने देशकै उत्कृष्ट फुटबलर

२७ माघ २०७७, मंगलवार १२:०८

 

अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स (आइएफएफएचएस) ले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल घोषणा गरेको हो ।

आइएफएफएचएसमा आवद्ध १ सय ५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् । दोस्रो नम्बरमा अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन् । यसैगरी युरोपकै उत्कृष्टमा खेलाडीको विधामा रोनाल्डोलाई छानिएको थियो भने दक्षिण अमेरिकाको उत्कृष्टमा मेस्सी परेका थिए ।

तर समग्रमा दशककै विश्व उत्कृष्ट फुलबल खेलाडीमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।