मोरङ ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

८ मंसिर २०७४, शुक्रबार ०४:५०

मंसिर ८, मोरङ । मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन् ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ४५९९ नम्बरको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको को २५ प ८२०२ नं को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते शाह भएकी स्कुटर पछाडि बस्ने सुनसरी, इटहरी – ६ की २७ वर्षीया खुश्बु शाहको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अर्की घाइते सोही ठाउँ बस्ने २१ वर्षीया चालक आशा रिजालको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)