एमाले उम्मेदवारको गाडीमा ढुंगा प्रहार

२ मंसिर २०७४, शनिबार ०८:४५

मंसिर २, मुस्ताङ ।
निर्वाचन जनिकीदै गर्दा उमेद्जार चढेको सवारी साधन एकपछि अर्को गरि आक्रमणको शिकार हुदै गएका छन् । यससंगै नजिकीदो चुनावमा भय थपेको छ भने अर्कोतिर निर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदन गर्न पाईने हो कि हैन भन्ने चिन्ता अर्कोतिर वढ्दै गएको छ ।

शनिवार फेरि पनि विकट हिमाली जिल्ला मुस्ताङमा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनको सवार गाडीमा ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट गाडीको अगाडीको भागको सिसा फुटेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तुलाचनको ग १ य ३९६ नम्बरको गाडिमा शुकं्रवार साझँ अज्ञात समूहले ढुंगा प्रहार गरेको प्रहरीको अनुमान छ ।  उपल्लो मुस्ताङको १ साता लामो चुनावी प्रचार–प्रसार र घरदैलो कार्यक्रम सकेर जोमसोमतर्फ फर्किएका तुलाचनको गाडी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीको होटल ड्रागनको कम्पाउण्डमा पार्किङ गरेर राखेको अवस्थामा ढुंगा प्रहार गरिएको हो ।तुलाचनले घटनामा नेपाली कांग्रेसको हात रहेको आरोप लगाएका छन् ।