मुलुकमा बामगठबन्धनको स्थीर सरकार बन्छः अध्यक्ष दाहाल

१२ मंसिर २०७४, मंगलवार १०:०२

मंसिर १२ ,चितवन ।
पश्चिम चितवनको मेघौली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब मुलुकमा वाम गठबन्धनको स्थीर सरकार बन्ने दाबी गरेका छन् ।

आज आयोजित चुनावीसभामा बोल्दै दाहालले अब देशमा समृद्धि आउँने बताउदै चितवनको माटोमा टेकेर आफूले देशलाई समृद्धितर्फ डोराउने प्रतिवद्धता उनले गरे । शान्ति–प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै दाहालले शान्ति–सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु नभएको अवस्थामा उहाँको संकल्प पनि आफूले नै पूरा गर्नुपर्ने बताए । यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दाबी पनि उनको थियो । दाहाल चितवन क्षेत्र नम्बर–३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।