मुख्यमन्त्रीको तलब भत्ता तोकियो, केके छन् सेवा सुविधा ? (सूची) 

२८ आश्विन २०७४, शनिबार ०१:४७

असोज २८, काठमाडौँ ।  व्यवस्थापिका संसद्ले प्रदेश प्रमुख अर्थात् मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको खबर आजको गोरखापत्रमा छ ।

संसद्बाट पारित विधेयक अनुसार मुख्यमन्त्रीको मासिक तलब ६४ हजार रुपियाँ हुनेछ । यस्तै, पोशाक तथा अतिथि सत्कारका लागि समेत वार्षिक खर्च प्राप्त गर्नेछ । हेरौँ मुख्यमन्त्रीका सेवासुविधा लगायत अधिकारका सूची ः

१. पोशाक सुविधा– रु. १८ हजार (वार्षिक),

२. अतिथि सत्कार– रु. ४० हजार (वार्षिक),

३. बिमाको व्यवस्था,

४. १२ सदस्यीयसम्म सचिवालय बनाउन सक्ने,

५. दैनिक भ्रमण भत्ता– रु. ३ हजार (स्वदेशमा), २ सय ५० डलर (विदेशमा; युरोप, अस्टे«ेलिय तथा अमेरिका भ्रमणमा तोकिएको रकममा       ३३ प्रतिशत थप हुने) र

६. मुख्यमन्त्रीले कार्यकालमा गरेका काम कारबाही उपर अवकाशपछि पनि मुद्दा नलाग्ने  ।