मिथिला बिहारी नगरपालिकामा एमाले बिजयी

६ आश्विन २०७४, शुक्रबार ०७:२५

असोज ६, धनुषा । प्रदेश २ तेस्रो चरणको स्थानीय तह निर्वाचनमा धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले बिजयी भएको छ ।

 

मेयरमा एमालेका अनिल यादवले ३२४२ ल्याएर विजयी भएका छन् । यस्तै उपमेयरमा पनि एमालेकै अनिताकुमारी साह ३१४७ मतले विजयी भएकी छन् । मेयरका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजेन्द्र यादवले २८३१ मत पाएका छन् भने उपमेयरमा कांग्रेसकै ललिता साहले २६९२ मत पाएकी छन् ।