महामारीको रूप लिदै डेंगु रोग

२७ कार्तिक २०७४, सोमबार ०१:४६

कात्तिक २७, रौतहट । डेंगु रोगले रौतहटमा महामारीको रूप लिन थालेको खबर आजको नागरिकमा छापिएको छ ।


दुई हप्ता पहिलेदेखि फैलिएको डेंगुले एक जनाको मृत्यु हुनाको साथै दुई दर्जन बढी बिरामी परेका छन् ।

रोग नियन्त्रणको पहल कसैबाट पनि हुन नसक्दा यसले महामारीको रुप लिन सक्ने खतरा रहेको स्थानीयबासीले बताएका छन् ।