मल्पी र साइपालको जित

११ पुष २०७४, मंगलवार ०९:४२

 पुस ११, काठमाडौं ।
आयोजक मल्पी र साइपाल एकेडेमीले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा सोमबार जीत हात पारेका छन् ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको खेलमा मल्पीले सान्त्वनालाई ३–० गोलले पराजित ग¥यो । आलोक कार्की, शुभम् शाक्य सिदान्त गुरुङले गोल गरे । साइपालले अरुणिमालाई २–१ ले हरायो । साइपालका राम ढकाल र राम कटुवालले गोल गरे ।अरुणीमाका अजय खड्काले १ गोल पर्काए ।