मन्त्री जितेन्द्रनायारणलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरणको माग

२६ कार्तिक २०७४, आईतवार ०२:१४

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवसहित तीन जनालाई निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै स्पष्टिकरण सोधेको छ ।


मन्त्री देव गत शुक्रबार सरकारी सवारीसाधनको दुरुपयोग गरी चुनावी सभामा सहभागी भएकाले २४ घण्टे स्पष्टीकरण मागेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आचारसंहिता लागू भइरहेको अवस्थामा सरकारी सवारीसाधनको दुरुपयोग गरी सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत तपाईलाई कारबाही किन नहुन पर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न मन्त्री देवलाई निर्देशनज दिएको हो ।

यस्तै आयोगले काँग्रेस सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी –३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार दिनेशकुमार यादवलाई समेत आचारसंहिता उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागेको छ । भने सप्तरीको खुरहुरियाास्थित जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक सूर्यनारायण यादवलाई समेत आयोगले सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरेको भनदै स्पष्टीकरण मागेको छ ।