मन्त्रीपरिषद्को निर्णय: स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

१३ पुष २०७४, बिहीबार ०७:५८

पुष १३, काठमाण्डौं ।

मन्त्रीपरिषद्को आजको निर्णयले स्वास्थ्य सचिवमा डाक्टर पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।

आज बसेकोे मन्त्रिपरिषद्को बैठकले डाक्टर चौधरीलाई सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिएका छन् । त्यसैगरी काठमाडौं महानगरपालिकालाई रानीपोखरी पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार नै निर्माण गर्न निर्देशन दिएको पनि बताईएको छ । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको रानीपोखरी पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार मात्र निर्माण कार्य अघि बढाउन सरकारले निर्देशन दिएको हो ।