मतदातामैत्री मतदान केन्द्र बनाउन डा. यादवको निर्देशन

१६ मंसिर २०७४, शनिबार ०२:३७

मंसिर १६, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २१ गतेको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान केन्द्रको निर्माण वैज्ञानिक र व्यावहारिक ढङ्गबाट मतदातामैत्री बनाउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगको जगभ नेको नै मतदान अधिकृत भएकाले गहन जिम्मेवारीका साथ कार्य गर्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने –‘तपाई आयोगको जिम्मेवार व्यक्ति भएकोले अनुशसानभित्र रहेर आम मतदाताले सहज र निर्भीकतापूर्वक मतदान गर्न सक्ने वातावरण निर्माण गर्नुहोस् । ’
जिल्ला निर्वाचन कार्यालय ललितपुरले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि शुक्रबार मतगणनासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण व्यवस्थापन पूरा गरी निर्वाचनको दिन बिहान ठीक ७ बजे मतदान सुरु गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले निर्वाचनका सबै गतिविधिलाई राष्ट्रिय अन्र्तराष्ट्रिय पर्यवेक्षक र पत्रकारहरुले नजिकबाट नियाल्ने भएकाले निर्वाचनमा खटिएका कर्मचारीहरुले राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा राम्रो शन्देश प्रवाह गर्न निर्वाचनलाई ऐतिहासिक रुपमा सफल बनाउन आवश्यक रहेको बताए ।
सुरक्षाको उच्च सतर्कता अपनाउन र सुरक्षाको विषयमा शून्य सहनशीलताको निित अवलम्बन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्ता डा. यादवले आचारसंहिताको पूर्ण पालना गराउन र निर्वाचन प्रचारप्रसारमा देखिएका तडकभडक रौकन लगाउन सुझाव दिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले आचारसंहिता पालना गर्न र मतदान कार्यलाई सचेत र होसियारीपूर्वक सम्पदान गर्न निर्देशन दिए । यसै गरी प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले जिल्लाको सुरषाको अवस्था सुदृढ रहेको तर पनि होशियार भएर कार्य गर्न कर्मचारीसँग आग्रह गरे । –गोरखापत्र दैनिक