मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्दै, रवि लामिछाने

१० फाल्गुन २०७७, सोमबार १९:२५

काठमाडौँ।  रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम  चर्चित टेलिभिजन प्रस्तोता सुरु गर्ने भएका छन् ।

सोमबार लामिछाने आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले मंगलबार विहान ११ः४५मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् ।

यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए ।

न्युज २४ टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ ।