भ्रष्ट राजनीतिलाई सङ्ल्याउन र जनताको दैनिकिलाई सहज बनाउन मेरो उम्मेदारी हो – अन्सारी

२८ भाद्र २०७४, बुधबार १६:२०

भदौ २८, काठमाडौं । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा ३१ वर्षीय युवा रहबर अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदारी बनेका छन् । उनले आफ्नो लोकप्रिया एजेण्डासहित मतदातालाई भोटको अपेक्षा गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका युवा  अन्सारीले नेपालको मौलाउँदो भ्रष्ट राजनीतिलाई सङ्ल्याउन र जनताको दैनिकिलाई सहज बनाउन आफ्नो उम्मेदवारी दिएका बताउछन् । कुनै विवादमा नपरेका र वीरगन्जका युवा पुस्ताले रुचाइएका नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अन्सारी आफ्नो एजेण्डा सहित जनतामाझ उर्लिए ।

यो निर्वाचनबाट आफुनिर्वाचित हुने र नागरिकहरुमा पनि छुट्टै आभाषको सञ्चार भएको उनले व्यक्त गरे । दुई दशकपछिको स्थानीय चुनाव त्यसमा पनि अन्यत्र सकाएर अन्तिममा दुई नम्बर प्रदेशमा हुँदैछ । समग्रमा वातावरण उल्लासमय, चाखलाग्दो बनेको जिकिर गरे । उम्मेदार अन्सारीले आफ्नो योजनामा करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने प्रतिवद्धतता व्यक्त गरे ।

जनतालाई नचाहिने ठूलो अश्वासन र भ्रम छर्ने काम अरु नेताहरुले गर्छन म आफुले सक्ने कामको मात्र बाचा गर्छु उनले भने । उनले युवालाई प्राथमिकतामा राखेर युवाहरुमा बेरोजगारीको समस्या भएको भन्दै त्यसतर्फ आफु दिर्घाकालीन योजना बनाएर अघि बढेको बताए । बहुतले पार्किङ भवन, झुत्रो होइन आधुनिक दमकल सेवा, कम्प्युटराइज्ड केन्द्रीय पुस्तकालय र भर्चुअल लाइब्रेरीका बिषयलाई प्रतिबद्धता पत्रमै उल्लेख गर्दै वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने योजना रहेको बताए ।