भ्रष्ट्रचार र डन संस्कृतिबाट कमाएको पैसाले समानुपातिक उम्मेद्वार खरिद भएको छ : लाईन्स मधुकर

२० कार्तिक २०७४, सोमबार १४:१५

सानै उमेरदेखि सामाजिक सेवा प्रतिको मोहसंगै आफ्नो कलेज जीवनमा आईपुग्दा सामाजिक उत्तरदायित्व वोध गर्ने कुराले मनमा उव्जिएको प्रयासबाट लाईन्स क्लब अन्र्तराष्ट्रिय सामाजिक संस्थामा आवद्ध भएर थुप्रै स्वंयमसेवाको रुपमा काम गर्दै समाजलाई बदल्न लागि परे । उनले स्वयंमसेवीको संस्कार बसाल्न मेहनत र संघर्षका साथै समाजमा भएका कुरिति र कुसंस्कार अन्त्य गर्न सोच विचार मिल्ने साथीभाईसंग मिलेर सामाजिक कार्यतर्फ आफ्नो हात अघि बढाए । उनी लाइन्स क्लव जनकपुर जिल्ला गर्भनर समेत भैसक्नुभयो । प्रस्तुत छ तिनै लाईन्स पूर्व गर्भनर मधुकर कुमार उपाध्ययसंग आयोखबर डटकमले गरेको अन्र्तवार्ताको सम्पादित अंशा ः–

आजभोली केमा व्यस्ता हुनुहुन्छ ?
कलेज पढ्ने समयदेखि नै सामाजिक सेवाप्रतिको चिन्त रह्यो । त्यसअर्थमा मैले विश्वकै उत्कृष्ठ सामाजिक संस्था लाईन्स क्लव अन्र्तराष्ट्रिय अन्र्तगत जनकपुर शाखा तयार गरेर १२ बर्षअगाडी देखि नै सेवामा लागे । अगाडी बढ्दै जाँदा नेतृत्व तहसम्म पुग्ने अवसर प्राप्त भयो । जिल्ला गर्भनर सम्म पदमा रहेर काम गरियो र अहिले त्यो सामाजिक हिस्सेदारीका क्षेत्रहरुलाई आफ्नो व्यवसायसंगै अगाडी बढाईरहेको छु ।

यहाँ समाजसेवालाई कसरी परिभाषित गर्नुहुन्छ ?
समाजसेवामा लाग्नेलाई समाजसेवी भन्छौं । एउँटा समाजसेवीले समाजप्रति उत्तरदायित्व महसुस गरेर समाजमा आएका समस्या र विसंगतिहरु प्रति मेरो पनि जिम्मेवारी छ त्यसलाई सहजै निस्वार्थ भावनाले समाधान गर्नेतर्फ अघि बढ्छ भने त्यही प्रक्रिया समाज सेवा हो । सबै कुरा राम्रो भएर राम्रो हुने होईन जसरी विकास क्रम निरन्तर रुपमा अगाडी बढ्छ त्यसैरी नै विनाशका कुराहरु पनि केही रुपमा आउने गरेका हुन्छन् । त्यसलाई हामीले समयमै सम्बोधन गर्ने वा नराम्रो पक्षहरुलाई निरुत्साहित गर्दै राम्रा कुरालाई अगाडी लिएर जाने सवालमा समाजसेवीले सधै एउटा अहम भूमिका निर्वाह गरेका हुन्छ ।

 

भनेपछि यहाँको सेवामा चाँही समाजको एड्भोकेसी तर्फ केन्द्रित भयो ?
एड्भोकेसी भन्नु त म त्यत्रि रुचाउनदिन । किनभने यसले अधिकारवादी अर्थको रुप लिन्छ । हामी अधिकारवादी आन्दोलनमा पनि छैनौं । हामी विशुद्ध रुपमा मानवीय सेवाका लागि अगाडी बढेकाछौं जसमा मानवलाई केही समस्या भएमा राज्य अथवा स्टेकहोल्डरहरुले ध्यान पु¥याउन नसकेको क्षेत्रमा हाम्रो पनि जिम्मेवारी हो भनेर अगाडी बढेर निस्वर्थ रुपमा टेवा पु¥याउने सेवा पु¥याउँदै आएका छौं ।

 

लाईन्स क्लव अन्र्तराष्ट्रिय संस्थामा राज्यको तर्फबाट चाँही कतिको साथ पाउनुभएको छ ?

लाईन्स क्लव विशुद्ध रुपमा अन्र्तराष्ट्रिय गैरसामाजिक संस्थाको रुपमा स्थापित संस्था हो । सन् १९१७ जून ७ तारिखका दिन जब पहिलो विश्व युद्धको अन्त्यतिर मानवीय क्षतिको बेलामा हामीले हाम्रो तर्फबाट स्वंयमसेवी गर्नुपर्छ भन्ने भावना हाम्रो संस्थापक मेल्वीन जोनमा सोँच आयो र आफ्ना साथीहरुको विच शेयर गरेर सेवामा लाग्नुपर्छ भनेर मानवसेवाको सुरुवात भएको थियो । मानवीय सेवाको शुरुवात गर्ने क्रममा अमेरिकबाट विस्तारै विश्वभर फैलिएर विश्वका २१२ वटा राष्ट्रमा फैलिएको छ । नेपालमा पनि आजको दिनमा भन्दा हामी जस्ता एउटा लाइन्स विशुद्ध रुपमा न्युटल भएर काम गछौं । आफ्नो पेशा व्यावसयमा रहेर समाजप्रति उत्तरदायित्व बहन गर्ने कामको सुरुवात गरेका छन् ।

नेपालमा लाईन्स क्लवको शाखाहरु कहाँ र कसरी सञ्चालन भैरहेको छ ?
लाइन्स क्लब एउटा अन्र्तराष्ट्रिय सामाजिक संस्था भएकोले यसको हेड क्वटर सिकाओमा छ । हामी कुनै पनि समूह २० जनाको लाईक म्याण्डेट समाजप्रति उत्तरदायित्व वोध गर्ने व्यक्तिहरुले म चाँही एउटा लाइन्स क्लवप्रति आबद्ध भएर सामाजिक सेवा गर्न चाहन्छु भनेर उसले क्लबको आयोजना गर्छ, त्यसलाई लाईन्स क्लब अन्र्तराष्ट्रियबाट दर्ता गर्नुपर्ने हुन्छ । देशभित्र चाँही देशको कानुन, संविधानभित्र रहेर हामीले सामाजिक सेवाहरु गछौं । यसमा राज्यको एउटा गैरसामाजिक संस्थाहरुको छाता संस्था निकाय जुन समाज कल्याण परिषदमा आबद्ध चाँही पक्कै पनि हुन्छ ।

यसरी अन्र्तराष्ट्रिय स्तरको संस्थामा काम गर्दा थुप्रै देशहरु पनि घुम्न पाउनुभयो होला नी ?
अहिलेसम्म कामकै सिलशिलामा १० भन्दा बढि राष्ट्रहरु भ्रमण गरिसकेको छु । त्यस राष्ट्रहरुमा पुग्दा पनि सामाजिक क्षेत्रकै कामहरु गरेँ ।

पछिल्लो समयमा गैरसरकारी संघसंस्थाको कामकारवाही पारदर्शिता भएन भन्ने आरोपहरु आउने गरेको छ, लाईन्समा चाँही कतिको अरोप आउने गर्छन् ?
देशभित्र साँच्चिकै भन्नुपर्दा गैरसरकारी, अन्र्तराष्ट्रिय गरैसामाजिक संस्थाहरुलाई हेर्ने दृष्ट्रिकोण सायद जनमानसमा एउटै हुन सक्छ तर लाईन्स क्लब अन्र्तराष्ट्रिय र यसका केही एक दुईओटा संघसंस्थाहरु छन् । हाम्रो उद्देश्य चाँही अलि फरक छ विश्वभरका स्वंयमसेवकरुबाट शुल्क लिएर विभिन्न ठाउँमा सेवा पु¥याउँदै आएका छौं ।   कतिपय एनजिओ आईएनजिओहरुको हामीले सुन्छौ तलब भत्ता पनि खाने काम भने शून्य रहेको हुन्छन्, त्यही अनुसारको प्रोजेक्टहरु गर्छन् । तर लाईन्स क्लव एउटा अन्र्तराष्ट्रिय सामाजिक संस्थाभित्र आवद्ध भएकोले हाम्रो गतिविधि पारदर्शिता नै हुने गरेको छ । हाम्रो समाजप्रति जिम्मेवारी भएर समाजभित्रै समाजसेवा गरेर अघि बढ्ने फरक यसमा छ । त्यस संगसंगै अन्र्तराष्ट्रियबाट पनि विभिन्न खालका प्रोजेक्टसहरु नेपालमा हरेक वर्ष आउने गर्छन । हामीले नेपाल सरकारसंगै मिलेर धेरै काम गरिसक्यौं । दुईबर्ष अगाडी मात्र दादुरा खोप मेला अभियान समेत सञ्चालन गरेका थियौं । दादुरासंगै रुवेला भन्ने एक प्रकारको रोग छ त्यसबाट बच्न पनि खोप नै लगाउनु पर्ने हुन्छ । रुवेला भएका आमाबुबाबाट जन्मिएको सन्तान अन्धै भएर जन्मन्छ र उसको अन्धोपन रोग चाँही निको हुदैन । रुवेला रोग र खोप अभियान नेपाल सरकारसंग ५ मिलियन डलरको साझेदारीमा गर्दै आएको छ ।

लाईन्स क्लबले ग्रामिणी क्षेत्रमा पनि काम गरेको छ  ?
यसमा हामीले सेवाका कामहरु गर्दा ग्रामिण भेगममा गर्छौं । तर यसको संगठन विस्तार चाँही ग्रामिण भेगमा गाह्रो छ । किनभने हामीले एउटा ग्रामिण भेगमा गरिवीको रेखामुनी रहेका व्यक्तिहरु छन् र यसमा हरेक वर्ष वार्षिक रुपमा शुल्क तिर्नु पर्ने हुन्छ । हामीले गर्ने हरेक सेवाको काम हाम्रो समस्य सदस्यहरुको विचमा योगदान चन्द उठाएर काम गर्ने गरेका हुन्छन् । त्यस कारण आर्थिक रुपमा कुनै व्यवसाय, पेशा अंगालेको व्यक्ति नै हुनुपर्ने भएकाले शहरी क्षेत्रमा हुने गर्छन् तर सेवा चाँही गाँउमै गर्ने गर्छौं ।

 

यस्ता संस्थामा आबद्ध सदस्यहरु त शहरका महंगा होटल–होटलमा ठूलो खर्चामा कार्यक्रम सञ्चालन गर्ने, भोज गर्ने भन्ने जस्ता आरोपहरु आएको छ नी ?
यो कुराहरु पनि सुन्ने गरिन्छ तर यसमा चााही के छ भने एउटा व्यवसाय गर्ने कुनै पेशामा आएको मान्छे उसले आफ्नो व्यवसायको खर्चबाट बचेको समय र थोरै सहयोगले सामाजिक सेवा गर्ने उसको उद्देश्य हुन्छ त्यो संगसंगै हामी एउटा मित्रता र भाइचाराको वातावरण पनि सिर्जना गर्नुपर्छ । वसुदेब कुटुम्बा भन्ने जस्ता सम्पूर्ण मानव हाम्रो मित्र हुन भनेर सोँचेको हुनाले बेलाबेलामा हाम्रो क्लवहरुको बैठक हुन्छ त्यसमा चाँही स्वभाविक रुपमा हामीले रमाईलो वातावरण बनाउने गछौं तर यसको अर्थ त्यहाँ अनवाश्यक खर्च गरिएको हुन्छ भन्ने चाँही होईन त्यो विलकुल आफ्नो योगदानबाट हुने गर्छ ।

तपाई त धेरै राष्ट्र पनि भ्रमण गरिसक्नु भएको छ, हाम्रो देशको तुलनामा अन्य देशको विकासको गति कस्तो पाउनुभयो ?
अन्य देशहरुको अवलोकन गर्दा हामी ज्याँदै आर्थिक रुपमा पछाडि भएको हामीलाई महसुस हुन्छ । आजभन्दा १० वर्ष अगाडी अपेक्षित रहेको धेरै पछाडी रहेको देशले आज यति धेरै ठूलो फड्को मारिसकेको हामी देख्छौं । इथुपिय अफ्रिकामा एकदमै गरिव र भोकमारीले ग्रसित देश अहिले जानुभयो भने परिदृश्य छुट्टै देख्न सकिन्छ । त्यो बेला शसस्त्र द्धोन्द्वले गस्ति देश अहिले युरोप जस्तो विकसित भैसकेको छ । त्यहाँ महिलाहरुको जनसहभागिता राम्रो देख्न्छि । आर्थिक रुपमा अहिले समृद्धि भैसकेको छ, हाम्रो देशमा चाँही राजनीतिक स्थायित्व नभइसकेको हुनाले पछाडि परेको छ । हामीसंग प्रचुर संभावना जस्तो जलस्रोत, पर्यटन, मानव संघसाधन र दुईओटा उदयमान गणतन्त्र भएको भारत र चीन विचको देशले अनुसरण गरेको भए पनि देशको विकास हुने देखिन्छ । तर दुर्भाग्य देशको राजनीतिक स्थितिले गर्दा नै विकास गर्न सकिरहेको छैन ।

“भ्रष्ट्रचार र डन संस्कृतिबाट कमाएको पैसाबाट उम्मेद्वार बनाउने प्रवित्तिलाई सुधार नगरेसम्म जति आर्थिक समृद्धिको नारा ल्याए पनि विकासको गति कछुवाको चालमा रहन्छ ।”

समसमायिक देशको राजनीतिक विषयवस्तुलाई हेर्र्दा अब राजनीतिले देशलाई कतातिर मोडिदै छ जस्तो लाग्छ ?
म एउटा पर्यवेक्षकको रुपमा आफ्नो अनुभाव र देखका कुराहरु गर्नुपर्दा हामी एकपछि अर्काको अन्तुलन गछौं राम्राका लागि गछौं तर त्यो अन्तुलन कता कता गएर सम्झौतामा परिणत हुन्छ । फेरी त्यो पुरानै परिवर्तित मानसिक्ताले ग्रसित भएर गइरहेको स्थिति छ ।े संविधानसभा भइसकेर लामो समय बितिसक्यो र पुनः निर्वाचनको संघारमा छौं । चुनावपछि केही राम्रो होला भनेर हामीले आश पनि गरेकाछौं तथापी अहिले चुनावको टिकट भागबण्डाको राजनीतिक परिस्कृत हेर्दा कता कता विशालु वृत्तभित्र हामी फासेको कि भन्ने हुन्छ । जसरी विभिन्न पेशा, व्यापार, व्यावसायका नेताहरुले पनि राजनीतिमा आउनु पर्ने उनिहरुचाँही समानुपातिकमा हुनुपर्ने र त्यो भइसक्दा आफ्ना हक र अधिकार मन्त्री मण्डल स्तरबाट पास गराउने देखिन्छ भने अर्कोतर्फ भ्रष्ट्रचार र डन संस्कृतिबाट कमाएको पैसाबाट उम्मेद्वार बनाउने प्रवित्तिलाई सुधार नगरेसम्म जति आर्थिक समृद्धिको नारा ल्याए पनि विकासको गति कछुवाको चालमा रहन्छ ।

विभिन्न राजनीतिक दलले अहिलेको बाँडेको समानुपातिक टिकटलाई कसरी हेर्नुहुन्छ ?
कुनै न कुनै व्यवसायसंग सम्बन्धित संगठनका प्रमुखहरुलाई खरिद गरि टिकट वितरण भैरहेको छ । त्यसैगरी दादागिरी र गुण्डाघर्तिबाट पैसा आर्जन गरेका व्यक्तिहरुलाई ल्याएर राजनीतिक दलहरुले समानुपातिक टिकट बाँडेका छन् । यो अपराधिक गतिविधि हो आफ्नो स्वार्थ र सुरक्षाका कारण यस्ता हर्कत गर्ने गरेको छ यसलाई रोक्नुपर्छ ।

यहाँ एक सामाजिक अभियन्ता पनि हुनुहुन्छ यहाँले चाँही समानुपातिक अर्थलाई कसरी परिभाषित गर्नुहुन्छ ?
समानुपातिक अर्थ आफैमा अत्यन्त राम्रो शब्द हो । तर हामीले प्रयोग कसरी गरियो भन्ने हुन्छ । शब्द आफैमा कुनै पनि खराब हुदैन । जस्तै प्रजातन्त्र भन्ने कुरा के खराब थियो र ? अहिले आएर लोकतन्त्र भन्नु पर्ने फरक त केही छैन तर शब्दलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा महत्वपूर्ण हुन्छ । समानुपतिक अर्थ जसले समावेशीको कुरालाई समेट्ने गरिन्छ तर पछिलो समयमा हाम्रो मुलुकमा व्याख्यामा मात्र सिमित राखेर यसको दुरुपायोग गरेको छ ।

 

अन्त्यमा आयोखबर अनलाईनमार्फत आम पाठक तथा नेपाली नेपालीहरुलाई के शन्देश दिनुहुन्छ ?
म यति मात्र भन्न चाहन्छु हामी मानव एउटा यस्तो जीव हो, जसले मान्छेका लागि र समग्रमा संसारका भ्रमण्डाका लागि सहयोग गर्न सक्छ । अन्यथ कयौं जीव प्राणी छन् ती जीव प्राणीले आफ्नै वर्गलाई पनि सहयोग गर्न सकिदैनन् त्यति उसको वुद्धि हुदैन   मान्छे एउटा विवेकशील प्राणी हो जसले मान्छेलाई गर्ने सहयोग र अन्य पं्राणीलाई पनि गर्न सकिन्छ । मानवले समाज राष्ट्रप्रतिको जिम्मेवारी बुझ्न सक्ने र सम्पूर्ण मानवले वुझिदियो भने सायद हाम्रो संसार ज्याँदै सुन्दर अझै स्वर्गसम्म हुनछ । किनभने यहाँ कसैले कसैलाई ईश्य गर्नुपर्दै कसलाई तला झार्नु पर्ने स्थिति हुदैन र सबैले एउटा दुःख, कष्टमा परेकालाई सहयोग पाउन र ति पनि तपाई हामी जस्तै सबल नागरिकको रुपमा आफुले आफुलाई बढाउने र त्यसतर्फ सम्पूर्ण मानवहरुलाई सेवाप्रति अलिकति भएपनि अगाडी बढिदिनुस् भन्न चाहन्छु ।