भोट हालेपछि प्रचण्डले भने– अब वामपन्थीको सरकार बन्छ

२१ मंसिर २०७४, बिहीबार ०२:३६

मंसिर २१, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।


उनले बिहान सात बजे नै भोट हालेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अब वामपन्थीको सरकार बन्ने बताएका छन् । उनले देश समृद्धिको यात्रामा लागको पनि बताएका छन् ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।