भारतमा पक्राउ परेका देवनारायण रिहा

२१ आश्विन २०७४, शनिबार १५:०६

असोज २१, काठमाडौं । अपहरण मुद्दामा भारतीय कारागारमा परेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार रिहा भएका छन् ।

 

भारत, विहार राज्यको वीरपुरस्थित न्यायालयका सहायक न्यायाधीश अभिषेक रञ्जनको एकल इजलासले सामान्य तारेखमा उनीहरुलाई रिहा गरेको हो । गत शनिबार सीमा क्षेत्रमा रहेको कुनौलीबजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकाबेला देवनारायणका छोरा अजयलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसको भोलिपल्ट ९आइतबार० छोरालाई छुटाउन गएका बुवा देवनारायणलाईसमेत प्रहरीले नियन्त्रणमा लिइ अपहरण मुद्दा लगाइ कारागार चलान गरेको थियो । देवनारायणका छोरा अजयले भारतको कुनौलीबजारकी ज्याती साहसँग करिब तीन महिनाअगाडि प्रेमविवाह गरेपछि विवाहविरुद्ध रहेका ज्यातीका परिवारजनले अपहरणसम्बन्धी मुद्दा दायर गरेका थिए ।

देवनारायण गत वर्ष सप्तरीको तिलाठीमा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै भारतीय पक्षसँग लडेका थिए ।