भदौ २७ देखी दशैँको टिकट बुकिङ खुल्ने, कहाँ-कहाँबाट लिन सकिन्छ ?

२४ भाद्र २०७४, शनिबार १३:२७

भदौ २४, काठमाडौं ः आउँदो मंलबार अर्थात भदौ २७ गतेबाट दशौंको किकट बुकिङ खुल्ला हुने भएको छ । शनिबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति भएपछि २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला निर्ण भएको हो ।

 

अग्रिम टिकट बुकिङ खुला गर्ने सहमी भए अनुसार नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट टिकट लिन सक्ने यातायात विभागले बताएका छन् ।

बैठकमा यात्रुबाहक सवारी साधानले छतमा सामान मात्र राख्न पाउने सहमति भएको छ । व्यवसायीले सहमतीको बेवास्ता गरेर यात्रु छतमा राखे रुट खारेज गरिने सहमती भएको छ ।

सरकारले यसअघि भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेको थियो । तर, व्यवसायीले विभिन्न माग तेर्स्याएर बुकिङ खुल्ला गरेका थिएनन् ।

बैठकले भाडादर भने टुङगो लगाएको छैन । यातायात मन्त्रालयले सवारीको वैज्ञानिक भाडादर तोक्ने आश्वासन दिएपछि व्यवसायी टिकट बुकिङ खुल्ला गर्न सहमती भएका छन् ।