भक्तपुरमा कार दुर्घटनामा चालकको मृत्यु

१४ मंसिर २०७४, बिहीबार ०७:५१

मंसिर १४, काठमाडौं ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ नौचालमा बा ८ च २४३१ नंम्बर प्लेटको निजी मारुती सुजुकी कार दुर्घटना भएको छ ।
कार सडकबाट ५०० मिटर तल खोल्सामा खस्दा काभे्को २२ किलो जनागलमा बस्दै आएका ४० वर्षिय जितेन्द्र खत्रीको घट्नास्थलमै मृत्यु भएको छ ।


उनको शवलाई पोष्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको परिसरको प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।