बौद्ध–जोरपाटी सडक व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

८ पुष २०७४, शनिबार १४:४४

पुस ८, काठमाडौं । गोकर्णेश्वरमा बौद्ध जोरपाटी सडक खण्ड व्यवस्थापन सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरीय प्रहरी वृत बौद्ध र सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक समस्या, सार्वसाधारण र सवारीचालकहरुवीच सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको सभापतित्वमा भएको सो कार्यक्रममा सडक सुरक्षा तथा सडक अपराध अन्त्य गर्नका लागि प्रहरी प्रशासन सक्रिया रुपमा काम गर्दै आएको प्रहरी प्रतिनिधिहरुले बताएका छन् । स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि सक्रिया रुपमा शान्ति सुरक्षा कायम गराउन सफल भूमिका निर्वाह गर्दै आएको नगर प्रमुख चालिसेले बताए ।

सडक दुर्घटनाबारे चेतना बढाउन प्रशासनले खेलेको भूमिकालाई प्रशांस गर्दै अगामी दिनमा समेत नगर र प्रहरी वृत्तबीच सहकार्य गरेर अघि बढ्ने चालिसेले बताए । त्यस्तै सहभागीहरुले सडकको अवस्था पनि यथाशिघ्र मर्मत गर्न आग्रह गरेका थिए । सडकको अवस्था नाजुक हुदै गएकाले पटक पटक दुर्घटना भएर आकालमा ज्यान गुमाएको भन्दै मानव सुरक्षामा ध्यान पु¥याउनु पर्ने भन्दै सहभागीले प्रश्न उठाएको थियो ।