बिनावर्दी राजनीति मार्फत देश र जनताको सेवा गर्नका लागि मेरो उम्मेद्वारी : नवराज सिलवाल

७ मंसिर २०७४, बिहीबार ०९:४२

मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट ललितपुर क्षेत्र नंम्वर १ मा उम्मेद्वार रहेका पूर्व डिआईजी नवराज सिलवाल लामो समय नेपाल प्रहरीको बर्दिमार्फत देश र समाज सेवामा कटिबद्ध एउटा नाम हो। जो पछिल्लो समय नेपाल प्रहरीको सेवा छोडेसंगै राजनीति र समाजसेवा मार्फत देश र जनताको सेवा गर्ने मनभित्रको उत्कट अभिलाशालाई पूरा गर्न नेकपा एमालेमा प्रवेश भएर ललितपूर क्षेत्र नंम्बर १ को उम्मेद्वारी मार्फत जनताको घर दैलोमा पुगिरहेको छ । यो उम्मेद्वारीले उनलाई राजनीतिमार्फत समाजसेवाको बाटोसम्म पु¥याउन कसरी सघाँउला ? सिलवाललाई ललितपुर जिल्ला क्षेत्र नंम्वर १ का जनताले मतदान गर्नु पर्ने कारण के ? यसै सेरोफेरोमा रहेर आयोखबर डटकमका प्रतिनिधि शशिशेखर घिमिरेले गरेको कूराकानी ।

 

लामो समय नेपाल प्रहरीमा सेवा गर्नुभएको तपाईको उम्मेद्वारी ललितपुर क्षेत्र नंम्वर १ मा किन र के –को लागी ?

-अवश्य नै मैले लामो समय प्रहरीमा सेवा गरेकै हुँ । अब फेरि एकचोटी बिनाबर्दि राजनीति मार्फत देश र जनताको  सेवा  गर्ने मनभित्रको ईच्छालाई पूरा गर्न ललितपूर क्षेत्र नंम्वर १ मा मेरो उम्मेद्वारी हो । मलाई आशा एवंम् विश्वास छ , मेरो उम्मेद्वारीपछिको विजयले ललितपूर क्षेत्र १ को मुहारलाई फेर्न ठूलो सहयोग गर्छ भन्ने मलाई विश्वास छ ।

यहाँले ललितपुर क्षेत्र नंम्वर १ मा उम्मेद्वारी दिईरहँदा लामो समयदेखि विकास र परिवर्तनको आशामा बसेका जनताको वर्षौदेखिको नैराश्यतालाई कसरी सम्वोधन गर्ने सोच राख्नु भएको छ ?

-हो, बर्षौदेखि विकासको आशामा बसेका जनताले विकासको लागी गरेको आग्रह न यसअघि निर्वाचित जनप्रतिनीधिले खासै सम्वोधन गरे , न जनताको आवश्यकतालाई ति जनप्रतिनीधिले बुझे । म पनि यसै क्षेत्रको वासिन्दा हुँ । मेरो पनि चाहाना थियो होला राम्रो बाटोमा हिड्न पाँउ, खानेपानीको अभाव नहोस् ,धुवाँ धूलोमुक्त होस् भन्ने । तर समस्या समाधान गर्छु भनेर जनताको भोट लिएर सत्तामा पुग्ने अनि समस्या जहाँको त्यही मात्र रहिरहने परिपाटीको अन्तय हुन् सकेन् । यो अवस्थाको तपाई हामी सवै जानकार नै पनि छौं । छैनौं र ? त्यसैले यी सारा समस्या समाधानको लागी ,आफनो गाँउ –ठाँउको विकास र परिवर्तनकोलागी नवराज सिल्वालको उम्मेद्वारी हो । म यहि भन्छु ।

जस्तो गोदावरी क्षेत्रमा संञ्चालीत दर्जनको हाराहारीमा रहेका ईट्टभट्टा र लेलेक्षेत्रमा संञ्चालीत दर्जनौं ढुगाँव्यवसायलाई यदि नवराज सिल्वाल प्रतिनीधिसभा सदस्यमा विजय भएको खण्डमा स्थानीय जनता र व्यवसायीले के आशा गर्ने ?

-हो, अवश्य नै व्यवसाय गर्न नपाउने हैन तर व्यवसयालाई मर्यादीत किसीमले अघि बढाउनु आवश्यक छ । आमजनताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गर्ने व्यवसायलाई मर्यादीत किसीमले अघि बढाउन आवश्यक देखिन्छ । यस्को लागी मैले विषेश योजना ल्याउने विचार गरेको छु ।

पछिल्लो समय मतदाताहरुमा देखिएको नैराश्यतालाई नवराज सिल्वालको विजयले कसरी सम्वोधन गर्ला ? के आशा गर्न सकिन्छ ?

-हो ,वर्षौसम्म पनि विकासको आशामा बसेका जनताले वाटोघाटो पुल पुलेसो नै मागेका हुन् । गाउँघरमा फलेका अन्नपात शहर सम्म पुगोस् भन्ने नै उनिहरुको चाहाना हो । तर ति सवै कूराहरु पूरा नहुँदा उनिहरु निराश हुनु नौलो हैन् । त्यसर्थ युवा बेरोजगारी देखि लिएर कृषकका उत्पादन देखि दक्षिण ललितपूरका जनताको आवश्यक्तालाई पूरा गर्ने गरि म अघि बढ्ने बाचा गराउन चाहान्छु ।

भौगोलीक रुपमा दक्षिण ललितपुर राजधानीसंगै जोडिएर पनि रोग,भोक र शोकमा डुवेको छ ? जनताहरुको चाहाना र आवश्यक्ता नवराज सिल्वालको आँखाले के देख्यो ? जनता के मागीरहेका छन् ?
-हो,हामी निर्वाचन प्रचारप्रसारको दौडानमा जुनजुन स्थानमा पुगेका थियौं, त्यहाँका मान्छेहरुले असाध्यै पीडा पोख्नुभयो । भूकम्पले थला परेका जनताको चाउरीएको अनुहारमा खुशीको गुञ्जायस नै थिएन् । यो भएन् ,त्यो भएन् । जनताको आवश्यक्ता धेरै सुनिए । यसअघि निर्वाचित भएको जनप्रतिनीधिले देखाएको आशा पूरा नहुदा जनतालाई निर्वाचन प्रति नै वितृष्णा जागेका पनि रहेछन् । गाँउका सोझा जनता सामू थुप्रै आश्वसन दिईएको रहेछ । ति पूरा नहुदाँको पीडा एकातिर जनताको थियो नै अर्कोतिर युवाहरुमा समेत निराशा ज्यादा पायौं । कति बूढा बाबुआमाले त हामीले केहि पाएनौ भनेर मलाई हात नै जोडे । तर्सथ अहिल्य म ललितपर क्षेत्र १ का जनतालाई के भन्छु भने एकचोटी नवराज सिल्वाललाई भोट दिएर हेनुस् म अहिल्य यति मात्र भन्छु । अरु केहि भन्दीन् ,सवै कुरा निर्वाचनपछि हुनेछ ।

प्रतिनीधिसभा निर्वाचनमा नवराज सिल्वालको विजयले प्रत्येक दिन जस्तो कामको खोजीमा विदेश धाउने युवाहरुलाई आफनै भूमिममा रोक्ने बातावरण गर्न सक्ला ? के के आधार छन् रोजगार सीर्जना गर्ने ? आशा गर्ने आधारहरु के के छन् ?
-अवश्य नै राम्रो प्रश्न । हो, कामको खोजीमा दक्षिण ललितपूरका धेरै युवाहरु खाडी लगायत देशमा गएका छन् । उनिहरुलाई देशभित्र नै रोजगार सीर्जना गर्ने आधारहरु हामीले बनाउनुपर्छ । जहिल्य अर्कोको देशमा मात्र गएर काम गरेर आफनो  देश कहिल्य बन्ला ? त्यसको लागी प्रश्स्त पर्यटकीय संंभावना बोकेको ललितपूरको पर्यटकीय क्षेत्रको उजागर गरि रोजगार सीर्जना मार्फत देशभित्र नै रमाउने बाताबरणको विकास गर्नुपर्ने देखिन्छ । कृषिको सक्दो विकास आवश्यक छ । यस्को लागी मेरो सक्दो प्रयास रहनेछ । कृषिको विकास गरेर अघि बढ्न सकिन्छ । हेनुस् गर्न सक्ने आधारहरु थुप्रै छन् । हामी मूलत नारामै सीमित भएका छौं । नारामा सीमित राजनीतिले कहिल्य देश र जनताको भलो गर्दैन् भन्ने बुझन् आवश्यक छ ।

वर्तमान अर्थराज्यमन्त्री उदयशम्सेर राणासंगै नै यहाँको मुख्य प्रतिस्पर्धा देखिन्छ ? नवराज सिल्वालले जित्ने आधार के हुन् ?
-हो, उहाँले यसअघि यस क्षेत्रमा जनताको सर्मथन पाएर जित्नु भएको हो ,तर उहाँले जे–जस्तो विकासको निर्माण गर्नु पथ्र्यो,त्यो नगरेको स्पष्ट नै हुन्छ । तपाई आफै हेर्न सक्नु हुन्छ बाटोघाटोको अवस्था कस्तो   हुनुपर्ने कस्तो छ ? यातायातको अभावमा विषेशगरि पहाडी क्षेत्रका मान्छेहरुले ठूलै सास्ती भोग्दै आएका छन् । खानेपानीको अवस्था उस्तै छ । फेरि पनि जनताले गल्ती गर्छन् भने त मेरो भन्नु केहि छैन । हैन, वास्तवमै जनतालाई विकास चाहिएको हो भने यो निर्वाचनमा स्थानीय मतदाताहरुले नवराज सिल्वालाई भोट गर्छन् र मेरो विजय सुनिश्चीत छ । यसमा दुईमत नै छैन ।