बिदेशको पीडा भुल्दै बिनोद राउत, स्वदेशमैं कमाउँदैछन् लाखौं

१२ मंसिर २०७४, मंगलवार ०८:५४

श्याम गुप्ता
मंसिर १२, बारा।
गाउँ मैं अजमाएको व्यवसायबाट सफलता नमिले पछि बाराको निजगढ नगरपालिका वडा नं.६ का बिनोद राउत ६ बर्ष अघि बिदेश हानिए । धेरै कमाउँने सपना बोकेर साउदी अरब पुगेका उनि त्यहाँ पनि निराश हुँन पुगे । खासै उलपब्धी नदेखे पछि उनको खाडी यात्रा दुई बर्ष भन्दा बढी टिक्न सकेन् ।

परिवारको जिविका चलाउँन र पढ्दै गरेका दुई सन्तानको भबिष्य खोज्दै बिदेश पुगेका बिनोद घर फर्किए पछि बेरोजगार हुँन पुगे । बिदेश जानु अघि कुटान पिसान गर्ने मिल र ट्रकको व्यवसाय त्यागेका उनिसँग अरु कुँनै सिप थिएन् । अवसरको खोजी गरिरहेका उनि गाउँमा रोजगारीको कुँनै सम्भावना नदेख्दा निकै चिन्तित हँुन्थे । लगातारको प्रयास र असफलता पछि छोरा गौरब र छोरी गरिमालाई राम्रो शिक्षा दिने आफ्नों सपना आँफूबाट टाँढा चाँढा पुग्दै गएको उनि ठान्थे । तर पनि हरेस् नखाएका बिनादेको सपना धेरै टाँढा भने पुग्न पाएन् । कुँनै बेला परिवार कै गुजारा चलाउँन मुश्किल पर्ने उनी यति बेला निकै खुशीसाथ बसिरहेका छन् ।

आँफू समेत ६ जनाको परिवार चलाउँन र सन्तान पढाउँन उनलाई अहिले कुँनै दुःख छैन् । अभावको स्थितीबाट गुज्रिरहेको बिनोदको परिवारमा यो खुशी भने निजगढ कै कुशल व्यवसाय परामर्श तालिम केन्द्रले दिएको हो । युवाहरुलाइ सिप दिदै ब्यवसाय र कृषीमा लाग्न उत्प्रेरित गर्दै आएको केन्द्रको सम्पर्कमा पुगेका उनले त्यस पछि भने कहिल्यै दुःख देख्नु परेन् । केन्द्रबाट तालिम लिदै सानो लगानीमा कुखुरा पालन सुरु गरेका उनि अहिले वार्षिक चार लाख भन्दा आम्दानी गरिरहेका छन् । केन्द्र कै सह्योगमा यसै बर्ष केरा खेती समेत सुरु गरेका उनले पछिल्लो बर्ष यता जिवन निकै सहज हुँदै गएको बताए ।

‘पहिला सिप थिएन्, के गर्ने अन्यौलमा बसिरहेको थिए’ उनले भने ‘कुशलले तालिम दिए पछि जतातत्तै सम्भावना देख्न थाले । पैसा कमाउँन बिदेश होईन , घर मैं बस्नु पर्ने रहेछ ।’बजारीकरण र व्यवस्थापनका बारेमा समेत केन्द्रले सिकाए पछि आँफूलाई कुखुरा पालन ब्यवसाय थप सहज भएको बताए । उनलाई अहिले कुखुरा पु¥याउँन अन्यत्र जानु पर्दैन् । चल्ला र दाना पनि घर मैं आई पुग्छ । सफलता तर्फ अघि बढिरहेका उनको कुखुरा पनि घरबाटै बिक्री हुँन्छ । ‘कुखुरा बिक्री गर्न कुँनै गाह्रो छैन् , बजार धाई रहँनु पर्दैन’ उनले भने ‘कुखुरा बिक्री गर्ने समयमा गाडी आँफै घरमा आउँछ , धेरै दौडधुप पनि हुँदैन् ।’  वार्षिक चार लाख भन्दा बढी कमाई कुखुरा पालनबाट गर्न कुँनै समस्या नरहेको उनको अनुभव छ । तीन सय कुखुराको चल्लाबाट ब्यवसाय सुरु गरेका उनि अहिले एकै पटक पन्ध्र सय चल्ला हुर्काउँछन् । चल्ला खोरमा हालेको ३५ दिन देखि बिक्री गर्न सकिने भएकाले धेरै समय मेहनत गर्न पनि नपर्ने उनि बताउँ छन् ।

‘चल्ला सानो हँुदा अहिले बढी ध्यान दिनु पर्छ । रोग भित्रिन नदिनका लागि सचेत रहँनु पर्छ’ उनले भने ‘त्यस बाहेक अन्य कुरामा खासै समस्या छैन् । ३५ दिन मैं कुखुरा बिक्री गर्न सकिन्छ ।’पछिल्लो ३९ दिनमा आँफूले एक हजार कुखुराबाट एक लाख ३० हजार आम्दानी गरेको उनले बताए । व्यवसायबाट निकै खुशी भएका उनले यसै बर्ष केरा खेती पनि सुरु गरेका छन् । केन्द्र कै सहयोगमा निजगढमा फस्टाईरहेको केरा खेती थालेका उनले अहिले १६ कठ्ठा खेतमा केरा लगाएका छन् । केरा खेतीबाट पहिलो वर्ष एक लाख भन्दा आम्दानी गर्ने उनको लक्ष्य छ ।

‘केरा खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने देखिएको छ, थुप्रै किसानले गरेका पनि छन्’ उनले भने ‘अन्य बाली नलगाएर यस पटक देखि केरा खेती समेत थालेको छु, राम्रो कमाई हुँने आशा छ ।’ कुखुरा पालनबाट छोटो समय मैं सफलता हात पार्न सफल उनि सफल युवाका रुपमा गाउँमा चिनिन थालेका छन् । उनको जिवन शैली फेरिदिएको केन्द्रले पनि उनलाई सफल युवाका रुपमा प्रस्तुत गर्न थालेको छ । बिदेशिन लागेका र बेरोजगार युवालाई सिप सिकाउँने क्रममा गाउँ मैं व्यवसाय गरेर खुशी रहँन सकिने भन्दै केन्द्रले आँफूलाई प्रस्तुत गर्ने गरेको बिनोदले बताए ।  ‘बिदेशमा भन्दा गाउँ घर मैं गरेको दुःखबाट बढी खुशी मिल्न सक्छ भने उदाहरणका रुपमा मलाई देखाईन थालिएको छ’ उनले भने ‘निकै खुशी लाग्छ । म पनि युवाहरुलाइ यस्तै सल्लाह दिन्छु । बिदेशमा कमाउँने पैसा घर मंै बसेर कमाउँन सकिन्छ । सिप सिकेर त्यहाँ गर्ने दुःख घर मैं बसेर गरौं, चाँडै सफलता पाईन्छ ।’