बालाजुमा जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु

२८ कार्तिक २०७४, मंगलवार ०४:१७

कात्तिक २८, काठमाडौं । राजधानीको बालाजुस्थित गंगा हल अगाडी गएराति भएको दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । नम्बर नखुलेको सेतो रङको बोलेरो जिपको ठक्करबाट घाइते साइकल यात्रीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

Dead body in a mortuary

महानगरीय ट्राफिक महाशाखाका अनुसार नुवाकोट, बिदुर–६ घर भई गोंगबु बस्ने शेखर प्याकुरेलको मृत्यु भएको हो । साइकलमा पछाडि सवार मन्दिप परियार भने सामान्य घाइते भएका छन् । सीसीटीभी फुटेजका आधारमा दुर्घटनामा संलग्न सवारी साधन र चालकको पहिचान गर्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।