बारामा चुनावी माहोल तात्यो , घरदैलोमा व्यस्त उम्मेदवार

श्याम गुप्ता
मंसिर १३, बारा ।
आसन्न मंसिर २१ गतेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा बारामा अहिले चुनावी माहोल तिब्र बनेकोे छ । जिल्लामा बिशेषगरी गठबन्धन सहिँत काँग्रेस र राजपाको त्रिपक्षिय भिडन्तका लागी दलका उम्मेदवारहरु चुनावी घरदैलो र सभामा व्यास्त देखिएका छन् ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा यस जिल्लाका २४ तह मध्ये गठबन्धन गरेको माओबादी र एमाले नैं बलियो देखिएपनि चार वटा क्षेत्र रहेको बारामा काँग्रेसले ३ क्षेत्र सहिँत स्पस्ट बहुमत ल्याउँने तयारीका साथ चुनाबी अभियानलाई तिव्रता दिएकोे छ ।  दलका उम्मेदवारहरु यती बेला मतदाताका घर आँगनमा पुगेर मत माँगिरहेका छन् भने अनेकौं चुनावी एजेण्डा मतदातालाई बाँडिरहेका छन् ।
बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले उम्मेदवार बनेका नेताको बिगत हेरेर मतदान गर्न आग्रह गरेका छन् । बाराको डुमरवानामा घरदैलो कार्यक्रममा निस्किएका मन्त्री मन्सुरले कोण सभामा बोल्दै आफ्नों ४० बर्षको राजनितिक ईतिहासमा कहिँ कत्तै नैतिक्ता र ईमान बेचेको कसैले प्रश्न उठाए उम्मेदवारी नैं त्याग्ने बताए । संविधान प्रति असन्तुष्टी राखेका मधेशी दलहरु पनि संविधानले नैं राजनितिक निकास दिने भन्दै निर्वाचनमा होमिएको बताउँदै मन्सुरले अब देशको समृद्ध भबिष्यका लागी हाम्रा भन्दापनि राम्रा उम्मेदवार छनौंट गर्न आवश्यक रहेको बताए ।
आँफु मन्त्री भए लगत्तै श्रम ऐन पारित , देशको विभिन्न स्थानमा श्रमिक अस्पताल निर्माणको तयारी , वैदेशिक रोजगारीमा जानेहरुका लागी आफ्नैं जिल्लामा श्रम स्विकृतीको व्यवस्था लगाएतका काम गरेको बताउँदै उनले राजनितिमा ईमान्दारीता भएको नेतालाई मात्रै मतदान गर्न आग्रह गरे ।गरिब जनताको पार्टी भनेर जनता झुक्याउँने खेलमा अन्य दल लागेर जनताको मतलाई व्यक्तिगत लाभ लिनेहरुसँग सावधान रहँन आग्रह गर्दै उनले भोट माग्न आउँने उम्मेदवारसँग गरिबका नाममा अहिले सम्म समुदायमा के के काम भयो भनेर सोध्न आग्रह गरे
काँग्रेसबाट प्रतिनिधि सभा सद्स्यको उम्मेदवार बनेका मन्सुरको क्षेत्रका बाम गठबन्धनबाट अध्यानन्द पाण्डे उम्मेदवार बनेको छन् ।बारा क्षेत्र नम्बर ४ क बाट नेपाली काँग्रेसले प्रदेश सभाको उम्मेदवार बनाएको ओम्कृष्ण कार्कीले बारामा काँग्रेसको स्पस्ट बहुमत सहिँतको जित पक्का भएको बताएका छन् । उनले नेपालको बिगत ईतिहाँस देखी नैं ठुला आयोजनाहरुलाई काँग्रैसले नैं नेतृत्व गरिरहेकाले अबको समृद्धी अभियानमा काँग्रेसको जित अपरिहार्य रहेको बताए ।यस्तै बारा क्षेत्र नम्बर ४ का नेकपा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका देव नारायण चौधरीले देशमा गठबन्धन सरकारलाई स्थायित्व दिने बताँउँदै जितलाई कसैले रोक्न नसक्ने बताए । उनले बाराका एतिहाँसिक गौरवका धरोहरलाई जोगाउँन र संबर्धन गर्नका लागी पनि आँफु उम्मेदवार बनेको बताए ।

यस्तै राजपाबाट बारा क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा उम्मेदवार बनेका एकवाल मियाँले मधेसी सहिदको बलिदानी पुरा गर्नका लागी आँफु उम्मेदवर बनेको बताए । उनले मधेशका जनताको हक र हितका लागी संबिधान संशोधनको आवश्यक्ता रहेकोले पनि संंशोधनका लागी आँफुले जित हाँसिल गर्न आवश्यक रहेको जिकिर गरे ।


प्रकाशित | २०७४ मंसिर १३ प्रकाशित ०८:५९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ