बाराको पुलहरुको अवस्था जिर्ण

८ मंसिर २०७४, शुक्रबार ०६:३६

श्याम गुप्ता
मंसिर ८,बारा ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालीका दुधौरा खोलामा निर्माण हुँदै गरेको पुल उद्घाटन नहुँदै  जोखिममा परेको छ ।

सिमरा–कोल्हबी जोडने सडक खण्ड स्थित दुधौरा पुल उद्घाटन हुँनु पुर्व नंै पुलको दुबै तर्फको माटोको ड्याम पहिरिन थाले पछि जोखिममा परेको हो । निर्माण कार्य सम्पन्न हँुन लागेको पुल उद्घाटन हुँनु पुर्व नैं जोखिममा परेको पुलमा केहि दिन अघि परेको पानीले पुलको दुबै तर्फको माटो पहिरिन थाले पछि अर्को बर्षाका बेला सम्म ड्याम व्यवस्थापन गर्न नसके पुलमा आवतजावत नैं प्रभावित हुँन सक्ने स्थानीयको भनाई रहेको छ ।

पुल जोडने दुई तर्फि बाटोको छेउमा ड्याम कस्न बाँकी रहेका कारणले बितेको बर्षाले केहि दिन आवतजावत समेत प्रभावित बनेको थियो । ड्याम पहिरिन थालेसँगै पुलको दायाँबायाँका दर्जन भन्दा बढी पिल्लरहरु समेत ढलेका छन् । उपमहानगरको मनहर्वा , जैतापुर , डुमरवाना लगायत पिपरिया , फत्तेपुर र इर्नवासिराको प्रमुख बजार जोड्ने दुधौरा पुलको ठेक्का सडक डिभिजन कार्यालय हेटौंडाले बिरगंजको मोनोजेभि (मोना) कन्सट्रक्सनलाई दिएको हो ।

चार करोड ३७ लाख बढीमा निर्माण गर्ने ठेक्का पाएको मोनोजेभी कन्स्ट्रक्सनले सो पुल दुई बर्ष भित्र निर्माणको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय हेटौंडाका ईन्जिनियर जयराम अधिकारीका अनुसार मोनोजेभिसँग गत विक्रम् सम्बत् २०६८ असार ३० मा ठेक्का सम्झौता भएको थियो । सम्झौता थप भएरै निर्माण कार्य भईरहेको पुलको हाल निर्माणको सम्झौता समय सकिएको दुई बर्ष बितेपनि निर्माण कार्य अझै बाँकी नैं छ

अहिले पुलको निर्माण कार्य सकिएर डिलमा ढुंगा भर्ने काम र दुबै तर्फको माटोको ड्यामलाई पहिरिन नदिन चपरी वा तारजाली लगाउँने काम अझै बाँकी रहेको ईन्जिनियर अधिकारीले मोवाईल मार्फत जानकारी दिएका छन् । मोनोजेभिले जिल्लाका अन्य स्थानहरुमा पनि पुल निर्माणको जिम्मा लिएर अलपत्र छाडेको उनले आरोप लगाएका छन् । कन्ट्रसनले बाँकी भुक्तानीका लागी दिनमा पाँच पटक फोन गर्छ , मैंले फाईललाई अगाढी बढाएको छैन , उनले जानकारी गराउादै भने –पुललाई जोखिममा पार्दैनौं , अब एक पटक तपाई हामी भिजिट गरौं , अनि बाँकी कामका लागी प्रकृया अगाडी बढ्छ ।

मोनोजेभिले नैं सो सडक खण्ड अन्तर्गत पर्ने रामनगर खोलाको पुल निर्माण समेत अलपत्र पारेको छ । करिब डेढ करोडको लागतमा ठेक्का सकारेको कन्ट्रक्सनले ठेक्काको म्याद गुज्रे पछि सम्पर्क बिहिन बनेको छ । यता पुलको निर्माण कार्य सम्पन्न हुँन नपाउँदै भत्किन थाले पछि स्थानीय आक्रोशित बनेका छन् । समय मैं पुल निर्माणको काम नसकेर पुन ः दोश्रो पटकको म्याद थप गरेको निर्माण कम्पनीले निर्माणमा कमसल सामग्री प्रयोग गरेको र मापदण्ड अनुसार काम सम्पन्न नगरी अलपत्र छाडेका कारण पुल धरापमा पर्दै गरेको युवा समाजसेवी राजकुमार केसीले बताए । यस्तै स्थानीय शिक्षक कृष्ण सिग्देलले पुल निर्माणले खुशी बनेका कृषक समुदायलाई उद्घाटन नहँुदै जिर्ण बने पछि दुखी तुल्याएको बताए । उनले निर्माण कम्पनीले नैं लापरवाही गरेका कारण पुल निर्माण अधुरो रहेको आरोप लगाए ।

त्यस्तै स्थानीय महिला व्यवसायी शुशिला आचार्यले लामो समयको प्रतिक्षा पछि निर्माण भएको पुल यति छिटो जिर्ण भए पछि दुखी भएको बताईन् । जिर्ण बन्दै गएको पुल निर्माणमा स्थानीय जनप्रतिनिधिले पहल थाल्नु पर्ने उनले बताईन् । पुल निर्माणमा काम चलाउ गरेका कारण पुल जोखिममा परेको र पुल निर्माणले दर्जन बढी गाउँलाई जोडने काम गरेको दुधौरा पुलले जिल्लाको कृषि अभियानलाई समेत सकारात्मक प्रभाव पारेको बताउँदै जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेलले पुल तुरुन्त मर्मत र ड्याममा तारजाली कस्ने काम नभए पुल धरापमा पर्ने बताए । सो पुल निर्माण कार्यलाई पूर्वता दिलाउँनका लागि यस नगरपालिकाले पहल सुरु गरेको बताएका छन् ।
बिरगंजबाट पूर्वका लागी समेत बैकल्पिक मार्गका रुपमा बिस्तार गर्न लागिएको सिमरा–कोल्हबी सडकका अधिकांस पुलहरु निर्माण कार्य भईरहेका छन् ।

दुई नगरपालिका जोडने पुल निर्माणमा पनि त्यस्तै ढिलाई
बाराको जीतपुरसिमरा उपमहानगरपालीका र कोल्हबी नगरपालीकाको सिमानामा पर्ने रामनगर खोलाको पुल निर्माण बर्षौं देखी अलपत्र पर्नाले स्थानीयले सास्ती बेहोर्नु परेको छ । निर्माणको ठेक्का पाएको मोना कन्ट्रक्सन , बिरगंजले समायवधी भित्र निर्माण कार्य सम्पन्न गर्न नसक्दा पुल निर्माण कार्य अलपत्र हुँदा स्थानीयले सास्ती बेहोर्न परेको हो ।

मोनाले गत वर्ष २०७१ साल असार मसान्तबाट काम सुरु गर्ने अनुमनि पाएको थियो । बितेको असारमा ३ बर्षको अवधी पुरा हुँदा पुलको ५० प्रतिशत काम भएको छ । बाँकी कामका लागी सडक डिभिजन कार्यालय हेटौंडाले म्याद थप गर्नु पर्ने भए पछि निर्माणको ठेक्का पाएको मुन्ना कन्ट्रक्सनले पुल निर्माण कार्य अलपत्र छोडेको छ ।

कन्ट्रक्सनका मुकेश चौरसियाले डिभिजन कार्यालय हेटौंडा कै कमजोरीका कारण समयमा पुल निर्माण कार्य सम्पन्न गर्न नसकिएको मोवाईल मार्फत जानकारी दिएका छन् । सोही स्थानमा बाढीले बगाएको पुरानो पुलका संरचना डिभिजन कार्यालय मातहतले हटाए पछि काम सुरु गर्ने सम्झौता भएको बताउँने चौरसियाले कार्यालयले पुरानो संरचना हटाउँन ढिलासुस्ती गरेका कारण कन्ट्रक्सनलाई काम सुरु गर्न केही समय पर्खिनु पर्दा समयमा काम नसकिएको जानकारी दिए ।

यता सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर जयराम अधिकारीले भने मोनाको लापरवाहीले बेलामा काम सम्पन्न गर्न नसकेको आरोप लगाए । कन्ट्रक्सनले धेरै कामको जिम्मा लिने र बेलैमा कुँनै पनि सम्पन्न गर्न नसक्ने भन्दै डिभिजन कार्यालयको कमजोरी नभएको जनाएका छन् ।

कन्ट्रक्सनले ठेक्का लिन्छ , तर समयमा काम सम्पन्न गर्न सकेन , उनले भने –कन्ट्रक्सनले लापरवाही गर्छ , डिभिजनबाट ठेक्का साकार गरेका अधिकाँश कन्ट्रक्सनले समयमा काम सम्पन्न गर्न सकिरहेका छैनन् ।

उनले यो अर्थिक बर्षको अन्त्य सम्ममा पुन ः म्याद थप गरी पुल निर्माणको काम सक्ने जनाए । करिब ३ करोड बढीको लागत स्टमेटमा आहवान गरिएको पुलको ठेक्का मोनाले करिब अढाई करोडमा ठेक्का साकार गरेको थियो ।

तिन बर्ष नाघि सक्दा पनि दुई नगरपालिका जोडने पुल निर्माण हुँन नसक्दा स्थानीयले सास्ती बेहोरी रहेका छन् । विषेशगरी खेतीपाती र पशुपालन गरि जिबिकोपार्जन गर्ने त्याहाँका स्थानीयले बर्षामा ठुलो समस्या बेहोरिहेका छन् ।

पश्चिममा पसाहा खोला र पुर्वमा रामनगर खोला दुबैमा पुल नहुँदा उनीहरुलाई सामान्य खेतीपातीका लागी बिउबिजन र बजार गर्न समेत खोला तरेर पारी जैतापुर वा मधुबजार आउँनु पर्ने बाध्यता छ ।

तरकारी खेती र पशुपालनमा अब्बल देखिएको त्याँहाका कृषक कृषि उपज सामाग्री बेचबिखन र खरिदका लागी खोला तरेर आउजाउ गर्नु पर्ने कारण बर्खामा दुबै खोलाको बाढीले गाउँ मैं थुनिने गरेका छन् ।

बर्खाका बेला बिरामी पर्दा वा सर्पले टोक्दा बिरामीलाई अस्पताल पु¥याउँन समेत समस्या भईरहेको स्थानीयहरुले बताएका छन् । तरकारी खेती गरेर हाट बजारमा पु¥याउँने तरकारी कृषकले बर्खाका बेला उब्जाउ गरेको तरकारी बारी मैं सँडाउँनु पर्ने बाध्यता रहेको स्थानीयहरुले गुनाँसो गरेका छन् ।

स्थानीय कृषक तथा वडा अध्यक्ष नवराज खड्काले भने –दुबै तिर पुल नहुँदा हामी कुँनै टाँपुमा बसोबास गरेझै लाग्छ , ठेकेदारले समय मैं पुल बनाई दिएन , यो बर्खामा पनि समस्या उस्तै हुँने भो ।

सो सडक बाराको क्षेत्रिय सडक अन्तर्गत सिमरा कोल्हबी जोडने सडक खण्डमा पर्दछ । छिट्टै प्रयोगमा ल्याइँने भनिएपनि सो सडकका अधिकाँस पुल निर्माणाधिन छन् ।

पुल प्रति सरोकारवाला निकायको मौंनता तथा हेलचेक्र्याईका कारणले गर्दा पुलबाट यात्रा गर्ने सबैले सास्ती भोग्न बाध्य छन् । हरेक प्रकृतीका सवारी साधनहरु गुड्ने पुल यदि समय मैं मर्मत गर्ने तर्फ ध्यान नदिने हो भने एक दिन ठुलै दुर्घटना निम्तिने निश्चित छ ।