बाराको पथलैया–बिरगंज ६ लेन व्यापारीक मार्ग निर्माण कार्य अबरुद्ध

९ पुष २०७४, आईतवार १२:२२

श्याम गुप्ता
बारा , ९ पुस
सडकको २५ मिटर भित्रको संरचना हटाउँन स्थानीयले अटेर गरे पछि बाराको पथलैया–बिरगंज ६ लेन व्यापारीक मार्ग निर्माण कार्य अबरुद्ध बनेको छ ।  मार्गको जीतपुर बजारकोे सडकमा स्थानीयले निर्माण गरेको व्यापारीक भवन र घर टहरा हटाउँन अटेर गरे पछि योजनाको काम अबरुद्ध बनेको हो ।

पथलैया–बिरगंज औद्योगीक करिडोरमा पथलैया देखी बिरगंज सुख्खा बन्दरगाह सम्म सरकारले २०७३ असार २९ गते देखी निर्माण थालेको थियो । निर्माण थाले देखी कै योजनाले संरचना हटाउँन पटक पटक गरेको अनुरोध जीतपुरका स्थानीहरुले अवज्ञा गर्दै आएको योजनाले जनाएको छ ।

हामीले बल प्रयोग नगरौं भन्ने हो तर , स्थानीयले अटेर गरे पछि प्रहरी प्रशासनको सहयोगमा हामीले जीतपुर बजार हटाउँनै पर्छ , नहटाए सम्म योजनाको काम पुर्ण रुपमा प्रभावीत बन्ने छ पथलैया–बिरगंज व्यापारीक मार्ग योजनाका प्रवक्ता ईनिजनियर सौम्य आन्नद भन्छिन–यसै हप्ता बाट प्रशासनको सहयोगमा जीतपुर बजार भत्काउँने काम सुरु गर्ने छौं ।

योजनाले पटक पटक र अन्तिम भनेर गरेको सूचना समेत जीतपुर बासीले बेवास्था गरे पछि योजना अवरुद्ध बनेको र स्थानीय प्रशासन , प्रहरीको समय हुँने बित्तिकै साता भित्रै सडकमा पर्ने जीतपुर ढेड किलोमिटर बजार भत्काइँने जनाएको छ ।

योजना अन्तरगत पथलैया–बिरगंज व्यापारिक मार्गको मध्य बिन्दुमा रहेको जीतपुर बाहेक पथलैया , सिमरा लगायतका बजार क्षेत्रमा स्थानीयले बिकासको काम भन्दै आँफै आफ्नों संरचना हटाएको थियो ।

२०७५ पुष २८ गते भित्र सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने योजनाको काम जीतपुर बजारका कारण प्रभावित बने पछि पटक पटको आग्रहमा समेत स्थानीयले अटेर गरे पछि योजनाले प्रशासनको सहयोग लिनु परेको हो ।

तर , स्थानीय बासीन्दाहरुले भौतिक संरचना हटाए पनि सरकारले क्षती पुर्ती र मुआव्जा दिनु पर्ने बताएका छन् । स्थानीय अफताब आलम भन्छन– जे जती मिल्ने हो सरकारले चाँढै क्षती पुर्ति दिँदै काम सहज गर्नु पर्ने अडान राखेका छन् ।

करिब दुई हजार भन्दा बढि सवारी साधन ओहर दोहर गर्ने यो सडक खण्डमा एक हजार भन्दा बढि कलकारखाना सञ्चालन भैरहेका छन् । भने सवारी दुर्घटना समेत व्यापक हुँने गर्दछ ।