बायर्न म्युनिखको फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश

२७ माघ २०७७, मंगलवार १२:२३

जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति कतारको अहमेद विन अली स्टेडियममा भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै बायर्न उपाधि नजिक पुगेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा पोलिस फरवार्ड लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को जित दिलाए । बायर्नले फाइनलमा मेक्सिकोको टिग्रेससँग खेल्नेछ ।