२४ माघ, काठमाडौं । बार्यन म्युनिखले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनलाई १–० ले हराएर जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।रोबर्ट लेवनडोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि किङ्सली कोमनले खेलको निर्णायक गोल गरे । यो जितपछि बायर्नको २० खेलबाट ४८ अंक भएको छ । आरबी लाइपजिग ३८ अंकसहित दोस्रो स्थानमा छ ।
प्रकाशित | २०७७ माघ २४ प्रकाशित १४:२९
जवाफ लेख्नुहोस्