बयल गाडाबाटै काठ तस्करी , तिन लाख मुल्य बराबरको काठ बरामत

५ पुष २०७४, बुधबार १०:३५

श्याम गुप्ता
 पुस  ५ , बारा  । 

बाराको मधुवन र तामागढी सेक्टर जंगलबाट बयल गाडामा राखेर काठ तस्करी हुँने गरेको छ ।

कर्मचारीले देखे पनि नदेखे झैं गर्छन् साथै तामागढी सेक्टर कार्यालय अन्तर्गतको जंगल नजिकै पर्ने ककडी गाउँका सर्वसाधारणका अनुसार बयल गाडामा लोड गरेर दिनहुँ लैजाने गरेको बताए ।  स्थानीयका अनुसार दक्षिण तर्फबाट साँझ पख आउँने तस्करहरुको समूहले हरिया सखुवा फडानी गरी टुना पारेर बयल गाडामा राखेर लैजाने गरेका छन् । ककडी सहिँत , सपही , बलुवा , भलुहिखोर नाकाबाट काठ तस्करी हुँने गरेको छ । 


मधुवन सेक्टर अन्तर्गतको सहजनाथ साझेदारी वनमा पनि दक्षिण तर्फबाट पस्ने काठ तस्करीको बिगबिगी छ । तस्करहरुले रामनगर , बोधवन मधुवन र पसाहा नदीपारिको जैतापुर नाका प्रयोग गरी हरिया दाउरा र सखुवाको टुना बनाएर साइकल र बयल गाडामा तस्करी गर्दै आएका छन् । यस क्षेत्रबाट तस्करी भएको काठ जिल्लाको दक्षिणी भेगमा पर्ने चिरानमिल र सीमापारि भारतीय बजार सम्म पु¥याएर बिक्री गरिन्छ ।
तस्करीको अर्को अखडा तामागढी सेक्टरबाट फडानी भएको काठ भने स्थानीय बजारमा नैं खपत हँुने गर्छ । तस्कर समूहले यस क्षेत्रबाट पनि बयल गाडा नैं प्रगोग गरी काठ तस्करी गर्दै आएका छन् । यहाँको काठ निजगढ बजार , सिगौंल , रतनपुरी र बागदेव क्षेत्रका घरघरमा पु¥याएर बिक्री हुँने गरेको छ । 


तस्करहरुले जंगलबाट टुना वा चिरान बनाएर पनि काठ ल्याई दिने गरेको स्थानीयको भनाई छ । एउटा ३.५ चौडाइँको ४ हाते सखुवा चिरान कडी २ हजार देखि २ हजार ५ सय रुपियाँ सम्म खरिद बिक्री हुँने स्थानीयले बताए ।  सखुवाको गोलिया भने बजार मूल्य भन्दा निकै कममा बयल गाडाबाट घरमा पु¥याईन्छ । जस्तो अर्डर आयो त्यस्तै ल्याई दिन्छन् , एउटा २० क्विफिटको सखुवा गोलियाको १०÷१५ हजार लिन्छन् । तर , बजारमा चिरान ५ हजार र गोलिया काठको मूल्य प्रतिक्विफिट ३ हजार रुपियाँ सम्म छ । निजगढ नगरपालिका भित्र निर्माण हँुदै गरेका अधिकांश घर र भवनमा तस्करीको काठमा नैं निर्भर छन् । 


निजगढ क्षेत्रबाट तस्करीको चिरान ट्रक र बसमा समेत राखेर काठमाण्डौं , हेटौंडा र बिरगंज जस्ता शहरमा समेत पु¥याइँने गरिन्छ । तामागढी सेक्टरको पुरानो निजगढ , सिगौंल , लाल र रतनपुरी नाकाबाट सखुवाको काठ तस्करी हँुदै आएको छ ।


तिन लाख मूल्य बराबरको काठ बरामत
जिल्लाको महेन्द्रनगरबाट लगभग ३ लाख मुल्य बराबरको सालको चिरान काठ बरामद गरिएको छ । ईलाका वन कार्यालय डुमरवानाले प्रहरी तथा सशत्र प्रहरी बलको सहयोगमा जीतपुरसिमरा उपमाहानगरका वडा नं.१६ बाट करिब ८० फिट सालको चिरान काठ बरामद गरिएको हो । ईलाका वन कार्यालय डुमरवानाका प्रमुख रेन्जर राजेश कुमार साहको नेतृत्वमा गएको टोलीले उक्त परिणाममा काठ बरामत गरेको हो । रेन्जर साहले सुराकीबाट पाएको जानकारी अनुसार प्रहरीको सहयोगमा जीतपुरसिमरा वडा नं.१६ मा रहेको महेन्द्रनगर बस्ने रामु राई र संजोग थापा घरबाट काठ बरामत गरेका छन् ।
प्रहरी र बन कर्मचारी आएको देखेर राई र थापा घरबाट फरार भएको र निजको घरमा लुकाई राखिएको लगभग ३ लाख मुल्य बराबरको काठ बरामत गर्न सफल भएको रेन्जर साहले बताएका छन् । बरामत गरिएको काठ ईलाका वन कार्यालय डुमरवानामा राखेर नापजोख गर्ने काम भैरहेको रेन्जर साहले जानकारी दिएका छन् ।

यस अघी बारामा जिल्लाको तामागढी सेक्टरबाट फडानी गरेर चोरी तस्करी हँुदै गरेको अवस्थामा निजगढ नगरपालिकामा ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं.४ बाट ४ हप्ता अघि शनिवार बेलुकी करिब ९ बजेको समयमा एक थान सखुवाको गोलिया र १ जना मानिस सहिँत गाडा र एक हल गोरु बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक दिपक रायले बताए ।


प्रहरीले बरामद काठ सहिँत गोरु र गाडा कारवाहीका लागि सेक्टर वन कार्यालय तामागढीको जिम्मा लगाएको थियो । यस्तै बारामा जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हँुदै गरेको अवस्थामा गंजभवानीपुर प्रहरी चौकीको प्रहरी टोलीले करैया गाउँपालिका वडा नं.४ बाट केहि समय अगाडी पनि शुक्रवार विहान ३ बजे तीन थान सखुवाको गोलिया सहिँत गाडा र एक हल गोरु बेवारिसे अवस्थामा बरामद गरेको थियो । 


सोही दिन बिहान सेक्टर वन कार्यालयको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को रघुनाथपुरमा पनि बाँसघारीमा लुकाई राखेको अवस्थामा सखुवाको थप चार थान हरियो टुना फेला पारेको थियो । प्रहरीले बरामद काठ सहिँत गोरु र गाडा कारवाहीका लागि सेक्टर वन कार्यालय मधुवनको जिम्मा लगाएको थियो ।