बदम बेचेर आफ्ना दुई सन्तान राम लक्षमाणलाई बोर्डिङ स्कूलमा बढाउँदै पवित्रा

मन्जिल कन्दङ्वा
(प्रशिक्षाथी पत्रकार)

फु…फ… गर्दै धुवाँ पार्दै आगो फुक्दै काठका टुक्रहरु हाँडीमा लगाउँदै थिइन् पवित्रा पाण्डे । उनी जोरपाटी चोक ओरालेमा गाडामा बदम बेच्न प्रत्येक दिन आईपुग्छिन् । सबेरै काम शुरु गरे केही बढि व्यापार गर्न सकिन्छ कि भन्ने आशामा उनी सधै विहानैदेखि काममा व्यस्ता हुन्छिन् । सन्तानका नाममा उनका जुम्ल्याह दुई राम र लक्षमाण छन् । बदम बेचेरै ती दुई राम लक्षमाणलाई बोर्डिङ स्कूलमै पढाउँदै आईरहेकी छन् ।

सानोमा पाँच कक्षसम्म मात्र पढ्न पाएकी उनी आफूँ छोराहरुलाई पढाएरै ठूलो मान्छे बनाउने रहर भएको बताउँदै मौसमअनुसारको व्यापार गर्दै आएकी छन्। गर्मीयाममा काँक्रो बेच्ने गरेकी पाण्डे अहिले जाँडोको मौसममा भने बदम बेच्न थालेकी छन् । स्थायी घर रामेछाप भएकी उनी हाल काठमाडौं जोरपाटी स्थित बाहुनधारा श्रीमान र दुई छेरा सहित भाडाको कोठामा बस्दै आएकी छन् । कसैको लागि बदम मनपर्ने फल होला कसैलाई डाईट तर पवित्रको लागि भने अन्न उब्जनी योतीयोग्य जमिन जस्तै हो ।

 

जसरी एक परिश्रमी कृषकले अन्न उब्जाएर उस्को परिवार पाल्दछ त्यस्तै पवित्राले पनि त्यसैबाट आफ्नो परिवारको खर्च चलाउँदै आएकी छिन् ।
कहिलेकही २० रुपैयाँको बदम बेच्न ग्राहकको २० बचन सहनुपर्छ नमिठो अनुभाव सुनाउँछिन उनी । कुनै समय व्यापार नचल्दा कोठभाँडा तिर्न र हातमुख जोड्न धौं धौं हुने उनले सुनाउँछिन् । उनी भन्छिन् पढाई जति ठूलो कुरो केही पनि होईन रहेछ । कहिलेकहि बाटोछेउतिर गाडामा व्यापार गर्दा सवारीचालकहरुले दुःख दिएको बताउछिन् । गरिब दुवैलाई बराबरी कानुन लागोस् धनी र गरिबबीचको भेदभाव अन्त्य भएको चाहन्छिन पवित्रा ।


प्रकाशित | २०७४ कार्तिक २४ प्रकाशित ०७:३४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ