फुटबल भिडन्तः नेपाल VS ताजिकिस्तान (भिडियो सहित)

२० भाद्र २०७४, मंगलवार ०९:१०

भदौ २०, काठमाडौं। नेपाल र ताजिकिस्तान आज फुटबल भिडन्तमा उत्रिदैछन्। एएफसी एसियन कप क्वालिफारअन्तर्गत नेपाल र काजकिस्तानबीच ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साढे ३ बजेदेखि खेल हुँदैछ। घरेलु मैदानमा कप्तान विराज महर्जनको नेतृत्वमा नेपाल जित्नै पर्ने दवावमा खेल्दैछ।

क्वालिफायरमा नेपाल र ताजिकिस्तानको यो तेस्रो भिडन्त हो। यस अगाडिका दुई खेलमा नेपालले दुबै जितेर १ अंक बनाउँदा ताजिकिस्तान शुन्य अंकमा छ।

नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले नेपालको छनौट संभावना यही खेलले निर्धारण गर्ने बताएका छन् । उनले ताजिकिस्तान टक्करको प्रतिस्पर्धी भएको भन्दै अघिल्ला दुई खेल जितेकोले यो खेल पनि जित्ने मनोविज्ञानमा नेपाल मैदानमा उत्रिने बताए।

नेपाल तर्फबाट गोलकिपर किरण चेम्जोङ, डिफेन्समा कप्तान विराज, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र अनन्त तामाङ भिड्ने तयारीमा छन्। मिडफिल्डमा अन्जन विष्ट, विशाल राई, सुजल श्रेष्ठ र रोहित चन्द हुनेछन् भने फरवार्डमा नवयुग श्रेष्ठ र भरत खवास खेल्ने छन्।

भिडियोः (नेपाली मैदानमा उत्रिने तयारीमा जुट्दै ताजिकिस्तानका खेलाडी)