प्रियंका र आर्यनको ‘बटरफ्लाई’ पुसमा २८ मा आउने भयो

१८ भाद्र २०७४, आईतवार १५:०७
butterfly, latest news from kathmandu nepal, breaking news from kathmandu nepal, aayokhabar.com

भदौं १८, काठमाडौं । अभिनेत्री प्रियंका कार्की र आर्यन अधिकारी अभिनित चलचित्र ‘बटरफ्लाई’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माण पक्षको अनुसार चलचित्र पुस २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा तयार भएको चलचित्रलाई ओम प्रतीक गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङको नै चलचित्रमा लेखन रहेको छ ।

हाल डबिङको काम भइरहेको बटरफ्लाईमा प्रियंका र आर्यनको साथमा अर्पण थापाको पनि मुख्य भुमिका रहेको छ । रमेश प्रजापति कार्यकारी निर्माता रहने यस चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् ।