प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्दा दाहाल-नेपाल नेकपाका ६ जना कार्यकर्ता पक्राउ

काठमाडौं।  काठमाडौंको कलंकीस्थित एलआरआई स्कूल नजिकै आइतवार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्दा दाहाल-नेपाल नेकपाका ६ जना कार्यकर्ता पक्राउ परेका छन्।

ती कार्यकर्तालाई कालिमाटी वृत्तका प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी परिसर  टेकुमा राखेका छन्। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ का विमल लम्साल, दात्ताराम पनेरू, सन्ध्या भट्ट, प्रितम भट्ट,विनोद भट्ट र केशव भट्ट रहेका छन्।


प्रकाशित | २०७७ फाल्गुन ९ प्रकाशित १७:४०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ