प्रत्यक्षको मतगणना पूरा, समानुपातिकको मतगणना पनि झण्डै आधा

२७ मंसिर २०७४, बुधबार ०१:३१

मंसिर २७, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये मंगलबार राती ८ बजेसम्म १६४ निर्वाचन क्षेत्रको अन्तिम परणाम सार्वजनिक भएको छ । अब सुनसरी ३ को मात्र बाँकी छ । प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० क्षेत्रमध्ये सुनसरी क्षेत्र नम्बर ३ (ख) को मात्रै परिणाम आउन बाँकी छ ।

 

हालसम्मको परिणामअनुसार एमालेले प्रतिनिधिसभाका ८० स्थानमा जित हासिल गरेर अग्र स्थानमा छ । माओवादी केन्द्रले ३६ स्थान, नेपाली काँग्रेसले २२, राष्ट्रिय जनता पार्टी (राजपा) ले ११ र संघीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै नयाँ शत्तिः पार्टी १, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ तथा स्वतन्त्र उम्मेद्वार १ स्थानमा विजयी भएका छन् ।

निर्वचित हुनेमा महिलाको संखया न्यून छ । प्रतिनिधिसभामा अहिलेसम्म ६ जना महिला मात्रै निर्वाचित भएका छन् । जारी गणनामा सुनसरी ३ मा भगवती चौधरीको अग्रता छ । यस्तै प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । सोमबार राति यता सार्वजनिक अन्तिम मत परिणामअनुसार अर्घाखाँचीमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी विजयी भएका छन् । दयस्तै, धनुषा १ मा माओवादीकै मातृका यादव विजयी भएका छन् । सर्लाही ४ मा काँग्रेसका अमरेशकुमार सिंह र कैलाली १ बाट राजपाका रेशमलाल चौधरी, २ बाट एमालेका झपटबहादुर रावल, स्याङजा १ बाट एमालेका नारायणप्रसाद मरासिनी, २ बाट एमालेकै पद्माकुमारी अर्याल विजयी भएकाी छिन् । कञ्चनपुर ३ बाट पूर्व मन्त्री रमेश लेखकलाई पराजित गर्दै एमालेका डा. दीपकप्रकाश भटट् विजयी भएका छन् । –गोरखापत्र