प्याब्सन काठमाडौँ शाखाद्वारा ११ नगरमा संयोजक चयन

२ पुष २०७४, आईतवार ०६:१४

पुस २, काठमाडौं । निजी शैक्षिक संस्थाहरुका साझा संस्था प्याब्सन काठमाडौले हाल भैरहेको सरचनामा फेरबदल गर्दै बिधान सम्मत नगर कमिटी गठन गर्ने निर्णय गरेको छ ।

संघीय संरचनाअनुरुप आफ्नो संगठनलाई व्यवसिथत गर्दै लैजान अर्को ब्यबस्था नहुन्जेल जिल्लाका सदस्यहरुबाट सयोजकको जिम्मेवारी तोकि सबै नगर सयोजकहरुलाई आ–आफ्नो नगरपालिकाहरुमा प्याब्सनको तर्फबाट प्रतिनिधिको रुपमा कामकारवाही अगाडी बढाउन जिम्मेवारी दिइएको काठमाडौं शाखा प्याव्सनका अध्यक्ष हरि कृष्ण श्रेष्ठले बताए ।

जसअनुसार प्याव्सन काठमाडौंले आफनो अधिकारलाई संस्थागत गर्दै अगाडि बढाउन ११ नगरका लागि संयोजक तोकिएका छन् । संयोजहरुमा काठमाडौ महानगर कमिटीमा गोपाल आचार्य, शन्खरापुर नगर कमिटिमा बुद्दी बहादुर कार्की, कागेश्वोरी मनहरा नगर कमिटीमा प्रल्हाद खनाल, गोकर्णेश्वर नगर कमिटीमा शुदर्शन थापा, बुढानिल्कण्ठ नगर कमिटीमा खेमराज घिमिरे, टोखा नगर कमिटीमा प्रेम राई, तारकेश्वर नगर कमिटीमा लोकेन्द्र खड्का, नागर्जुन नगर कमिटी, श्री अर्जुन अधिकारी, चन्द्रागिरी नगर कमिटीमा दिपक महर्जन, किर्तिपुर नगर कमिटीमा बिश्णु प्रसाद पराजुली र
दक्षिणकाली नगर कमिटीमा अर्को बैठकले तोक्ने तोक्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।