पोखरामा हुनेछ आज ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर

३ आश्विन २०७४, मंगलवार ०४:०४

दिपक दिपा को यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ अहिले ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’को लागि देश दौडाहको क्रममा मोफसलमा छ ।

दीपाश्री निर्देशित दोस्रो चलचित्रले भाद्र २९ गतेबाट झापाको दमकबाट ‘एक्सप्रेस कमेडी टुर’को सुरुवात गरेको थियो ।त्यसपछि इटहरी, हेटौडा नारायणगढ हुँदै चलचित्रको टिम हिजो बुटवल पुगेको थियो । आज ‘कमेडी टुर’ को अन्तिम दिन प्रर्यटकिय हिसाबले पनि आकर्षक रहेको ठुलो शहर पोखरामा कलाकारहरुले दर्शकहरुलाई हसाएर चलचित्रको टोलि काठमाडौं फर्किनेछ ।

‘एक्सप्रेस कमेडी टुर’मा दीपाश्रीसँगै चलचित्रका कलाकार दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतका अन्य कलाकार पनि छन् ।

हास्यकलाकारहरुले नै निर्माण गरेको चलचित्र गीत/संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले सर्वाधिक चर्चामा छ । ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गरेका कारण पनि यसको सिक्वेल बक्सअफिसमा  प्रतिक्षित छ । चलचित्र असोज ११ गते बाट देशव्यापी प्रदर्शन मा आउनेछ ।