पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी, बैठक पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा केन्द्रित

३ पुष २०७४, सोमबार ०९:२२

पुष ३, काठमाण्डौं ।

राजधानीको पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको बैठक शुरु भएको छ ।

बैठक मूलत भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा केन्द्रित रहने बताईएको छ । जारी बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन् । यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगर्दाको अवस्थामा अव कसरी र कुन ढंगले अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रित हुने बुझिएको छ । त्यसैगरि वाम गठबन्धनको पक्षमा प्राप्त जनमतलाई आधार मानेर माओवादी केन्द्रले आगामी कार्यदिशाका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको बुझिएको छ ।