पूर्व मन्त्रीद्वारा आयोजनाको बिवरण सार्वजनिक

१२ मंसिर २०७४, मंगलवार ०७:४४

श्याम गुप्ता
मंसिर १२,  बारा ।
पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफ्नों पालामा जनातासँग गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् ।

मंगलवार बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साबिक बारा क्षेत्र नम्बर ६ बाट सांसद बनेका पौडेलले आफ्नों पहलमा सम्पन्न भएको आयोजनाको बिवरण सार्वजनिक गरेका हुँन् । आफ्नों समयावधीमा तीन खर्ब केन्द्रिय बजेट र सांसद विकास कोषको तीन करोड रकमको समुचित प्रयोग गरेको दाबी गर्दै पौडेलले आँफुले चुनाव जित्नु अघि बोलेका कुरा पुरा गरेको बताएका छन् ।  क्षेत्रमा विशेष गरी खानेपानी , सडक , विद्युत , कृषि लगायतका विषयलाई प्रार्थमिकतामा राखेर विकास अभियानमा लगानी गरेको बताउँदै उनले बाराका दुई स्थानीय तहमा मेगा सिटि र स्मार्ट सिटिको योजना आफ्नैं पहलमा भएको बताएका छन् ।

बारामा बन्न लागेको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल र द्रुतमार्गलाई मध्य नजर गर्दै यी दुई आयोजनाले प्रभाव पार्ने निजगढलाई स्मार्ट सिटी र जीतपुरसिमरा उपमहानगरपालिकालाई मेगा सिटी निर्माणको प्रकृयामा रहेको जानकारी दिदै पौडेलले बारा जिल्ला अबको पाँच बर्ष भित्र प्रदेश कै नमुना नगरका रुपमा स्थापित हुँने बताए । सिमराको होटल सम्याकमा आयोजना गरिएको सो कार्यक्रममा नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाको बाम गठबन्धनका साझा उम्मेदवार देव नारायण चौधरी , एमाले बारा क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा उम्मेदवार सुन्दर बिक , गठबन्धन नेता दिनेश राई , एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल लगायत स्थानीय सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।