पार्टी एकता र सरकार गठनको मुद्दालाई महत्वका साथ अघि बढाउने माओवादी केन्द्रको निचोड

३ पुष २०७४, सोमबार १०:४७

पुष ३, काठमाण्डौं ।

नेकपा माओवादी केन्द्रको आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकता र सरकार गठनको मुद्दालाई महत्वका साथ अघि बढाउने भएको छ ।

पेसिरडाँडामा सम्पन्न भएको पार्टीको बैठकपछि प्रवक्ता पम्फा भुसालले पत्रकारसंगको कूराकानीमा वाम गठबन्धनलाई प्राप्त जनादेश अनुसरण गर्दै पार्टी एकताको प्रक्रियालाई पनि सरकार गठनको प्रक्रियासँगै अगाडि बढाउनुपर्ने निचोडमा पुगेको प्रवक्ता भूषालको भनाई थियो । त्यसैगरि राष्ट्रियसभा गठन राजनीतिक बिषय भएको भन्दै सो विषयमा राजनीतिक छलफलबाट अगाडि बढ्नुपर्ने उनले बताइन् । बैठकले निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, सरकार र सम्बन्धित सबै पक्षलाई धन्यवाद समेत दिएको बुझिएको छ ।