पाटन औधोगिक क्षेत्रभित्र आगलागी, नियन्त्रणमा कठिनाई

२८ कार्तिक २०७४, मंगलवार १५:०६

कात्तिक २८, काठमाडौं । ललितपुर पाटन औधोगिक क्षेत्रभित्र रहेको आनन्द प्लास्टिक उद्योगमा मंगलबार साँझ भिषण आगलागी भएको छ। उक्त उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो।


काठमाडौं, भक्तपुर , ललितपुर लगायत सुरक्षा निकायका सबै दमकल प्रयोग गरिएपनि तीन घन्टासम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले आगलागीमा कुनै मानविय क्षती नभएपनि क्षतिको विवरण तत्काल भन्न नसकिने बताए।

समयमै दमकल, सुरक्षाकर्मीहरुलाई खबर गरेको थियो तर तीन घण्टापछि मात्र आईपुगेकोले आगो नियन्त्रण गर्न समय लागेको स्थानीयहरु बताउँछन् । उपत्यकाको अव्यवस्थित सडकले गर्दा पनि दमकल समयमै नपुगेको गुणासो ।