पाँच करोड हिनामिनाको आरोपमा बैंकका कर्मचारी पक्राउ

१७ मंसिर २०७४, आईतवार ०४:३६

मंसिर १७, कामठाडौं । करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयका कर्मचारी पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा न्युरोड शाखामा कार्यरत सहायक टेलर दीपिका रेग्मी सहित तीन जना पक्राउ परेका हुन्।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट उक्त बैंकको मौज्दात रकम करिब पाँच करोड हानी नोक्सानी पुर्याउने तीन जनालाई मंसिर १३ गते पक्राउ गरेको हो। अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले रेग्मी सहितका अभियुक्तलाई शनिबार मात्र सार्वजनिक गरेको थियो । बैंकिङ कसुर अन्तर्गत पक्राउ परेका काठमाडौं नागार्जुन नगरपालिका १ सितापाइला बस्ने ३२ वर्षीया रेग्मीसँगै ब्यूरोले तेह्रथुम सिम्ने ५ स्थायी घर भएर अहिले काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने ४२ वर्षीय प्रकाश घतानी र दोलखाको भिमेश्वर नगरपालिका ६ घर भइ काठमाडौं ३२ बस्ने ४२ वर्षीया रमेशकुमार थापा माथि अनुसन्धान अगाडि बढाएको छ ।
अन्नपूर्णबाट