पर्साको छिपहरमाई गापामा माओवादी केन्द्र विजयी

७ आश्विन २०७४, शनिबार ०८:५८

काठमाडौं, असोज ७ । प्रदेश न. २ को ८ जिल्ला अन्तर्गतको पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा (माओवादी केन्द्र) विजयी भएको छ ।
(माओवादी केन्द्र)को अध्यक्षमा मनोजकुमारले २ हजार ८५१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले २ हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै मोदिना खातुनले र्२ हजार ८३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।